क्यूएए प्राप्त सम्भावना बोकेको वालिङ क्याम्पस


गोपाल जिटी
वालिङ,७ साउन-राम्रो कलेजमा विद्यार्थीको आकर्षण बढि हुनु स्वाभाविक हो । यसमा पहिलो त शैक्षिक गुणस्तरीयता नै हो । योसँगै भौतिक सुविधा, शान्त वातावरण अनि यातायात र बजारको पायकलगायत कलेजको आकर्षण हुन् ।

यीनै विशेषताका कारण वालिङ बहुमुखी क्याम्पसमा वार्षिक १५ सयदेखि २ हजारको हाराहारीमा विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । न्युन शुल्कमा अध्यापन गराइनु पनि यो क्याम्पसको अर्को विशेषता रहेको छ । देशमै न्युन शुल्कमा पढाइ हुने अनुमान क्याम्पस प्रशासनको छ । सिद्धार्थ राजमार्ग नजिक, भौतिक सुविधा सम्पन्न, शान्त वातावरण र त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुरुप गुणस्तरीय शिक्षा यो क्याम्पसको अर्को मुख्य विशेषता रहेको छ ।
जनस्तरबाट स्थापित देशकै जेठो वालिङ बहुमुखी क्याम्पस कम शुल्कमा अध्यापन गराउनेमा पर्ने कामु क्याम्पस प्रमुख युवराज पाठकको विश्वास छ । यो क्याम्पस २०३७ सालमा स्थापना भएको र स्याङ्जा जिल्लाकै मध्येभागमा पर्दछ । देशभरिका १ हजार ४ सय ३६ कलेजहरुमध्ये ५३ औं स्थानमा पर्ने यो क्याम्पस गण्डकी प्रदेश भित्र क्यूएए प्राप्त गरेका र सम्भावना बोकेका १० कलेज मध्ये एक हो ।

छिमेकी जिल्ला पर्वत, पाल्पा र गुल्मी लगायतका विद्यार्थीहरु यहाँ अध्ययन गर्दै आएका छन् । यो क्याम्पसले उच्च शिक्षा हासिल गरेका धेरै दक्ष जनशक्ति उत्पादनमा उल्लेख्य भूमिका खेल्दै आएको छ ।
शिक्षकहरुलाई तलव खुवाउने र व्यवस्थापन खर्चको मुख्य आधार विद्यार्थीबाट लिइने शुल्क नै हो । विद्यार्थीबाट अहिले लिदै आएको शुल्कले खर्च धान्न मुश्किल पर्न थालेपछि शुल्क समायोजनको वाध्कारी अवस्था आएको सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोइरालाले जानकारी दिनुभयो । शुल्क समायोजनका नाममा अस्वाभाविकरुपमा बढाइने छैन, अन्यत्रभन्दा कमै हुनेगरी समायोजन हुनसक्ने अध्यक्ष कोइरालाले उल्लेख गर्नुभयो ।
अहिले ऋणात्मक अवस्था रहेकाले व्यवस्थापन समितिले अनिश्चितकालिन आर्थिक संकट घोषणा गरेको छ । क्याम्पसलाई अनिश्चितकालिन आर्थिक संकट घोषणा गरिएकामा नकारात्मक टिप्पणी हुने गरेका छन्, जुन संस्थाको हीतमा नभएको आँफूहरुको ठहर छ । विशेषगरी प्राध्यापकहरुको सुविधा थपघट, विद्यार्थीबाट लिइने शुल्कलगायतका विषयमा गलत र भ्रामक प्रचार गरिएकामा अध्यक्ष कोइरालाले दुःख व्यक्त गर्नुभयो । यसमा हामी विकल्पको खोजी गरिरहेका छौं । ठूलो संस्थामा बेला बखत यस्तो अवस्था आउनसक्छ, समाधान पनि हुँदैजान्छ । ऋणात्मक अवस्था न्युनिकरणका लागि सञ्चालक समिति प्रतिवद्ध छ र समाधानका अन्य उपाय खोजी गरिने छ । क्याम्पसको साख जोगाउन समिति दृढ संकल्पकासाथ लागिपर्ने अध्यक्ष कोइरालाको स्पष्टोक्ति छ ।

जिल्लाकै शैक्षिक धरोहरकारुपमा स्थापित क्याम्पसलाई थप मजवुत बनाउदै लैजानु आँफूहरुको दायित्व भएको समितिले महसुस गरेको अध्यक्ष कोइरालाको भनाई छ ।
कुनैपनि संस्था खोल्नुमात्र ठूलो होइन, निरन्तरतासँगै थप मजवुत बनाउनुले महत्व राख्दछ । यो क्याम्पस स्थापनादेखि यहाँसम्म ल्याइपुर्‍याउन यसक्षेत्रका सामाजिक, बौद्धिक, विभिन्न संघ संस्थाका जिम्मेवार व्यक्तिलगायत सर्वसाधारणको योगदान सम्मानयोग्य रहेको पनि अध्यक्ष कोइरालाले औंल्याउनुभयो ।
सरकारी तथा जनस्तरबाट सञ्चालित कलेजहरुमा विद्यार्थी संगठनहरु क्रियाशील हुनु पहिलादेखि कै प्रचलन हो । कतिपयबाट यो विषयलाई पनि नकारात्मकरुमा लिएको पाइन्छ । क्याम्पस प्रशासन र प्रशासनलाई प्रभावित पार्नेगरी गरिने राजनीति अवस्य पनि राम्रो होइन तर स्वतन्त्र विद्यार्थी युनियनका नाममा हुने सांगठनिक गतिविधले विद्यार्थीहरुको हकहीत र नेतृत्व विकासमा टेवा पुर्‍याउने विश्वास छ ।
यहाँ पनि स्वतन्त्र विद्यार्थी युनियनले विगतका दिनदेखि नै सांगठनिक गतिविधी गर्दै आएका छन् र जुन स्वभाविक हो । विद्यार्थी संगठनबाट नेतृत्व विकास गर्दै आएका धेरै व्यक्तिहरु आज राष्ट्रिय नेतृत्वमा छन् । शैक्षिक संस्था सञ्चालनमा उसको प्रशासनिक दक्षता मुख्य हुन आउछ । योसँगै सञ्चालक समिति र आफ्नो हकहीतका खातिर गठित विद्याथी संगठनको पनि भूमिका रहन्छ । सुरुका दिनदेखि विद्यार्थीहरुबाट आफ्नो संगठन र क्याम्पसका लागि गरिएका योगदानलाई कदरयोग्य रहेको समितिको बुझाई छ ।
सभासदहरुको आत्मीयता, संघसंस्था तथा सामाजिक व्यक्तित्वहरुको सदासयतासँगै विविध चुनौतिका वावजुत पनि क्याम्पसको गर्विलो इतिहास जोगाउँदै थप उन्नयनमा समिति प्रतिवद्ध छ, अध्यक्ष कोइरालाले भन्नुभयो ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal