गृह मन्त्रालय आफ्नो कमी कमजोरी ढाकछोप गर्न न्वारानदेखिको बल लगाइरहेको छ, प्रेस चौतारी


काठमाडौँ,४ साउन-प्रेस चौतारी नेपालले अध्यक्ष गणेश बस्नेतविरुद्ध उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाटै साइबर क्राइममा भएको उजुरी दर्तालाई गम्भीर रुपमा लिएको जनाएको छ । महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दे नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको घटनाप्रति घोर भर्त्सना गर्नुभएको छ ।

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेको विषयलाई लिएर उहाँ माथि साइबर क्राइममा उजुरी दर्ता गरिएको थियो ।

आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै सुरक्षा जाँच पास गरी ठूलो परिमाणमा भएको सुन तस्करी गृह नेतृत्वसहित उच्च अधिकारीहरूको संलग्नताबिना सम्भव नहुने विषयमा दिइएको अभिव्यक्तिलाई लिएर गृहमन्त्रीकै सचिवालयका सदस्यले नै प्रहरीमा उजुरी दिनु आपत्तिजनक काम एवं सत्ता उन्मादको चरम रूप हो भन्ने हाम्रो सङ्गठनको ठहर छ ।’

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको थियो, ‘मलाई आएको सूचना यस्तो छ,’गृहमन्त्रीले पास गराएको सुन अर्थमन्त्रीले समाते ।’ मैले सोधेँ-कसरी ? जवाफ आयो, खोज्नोस्, सत्य यही हो ।’ अब कसरी पत्याउनु ? नारायणकाजी कमरेड जस्तो त्यागी, एक रुपैयाँ आम्दानी नभए पनि दैनिक ५० हजार खर्च गरेर हिँड्न सक्ने त्यागी गृहमन्त्री भएको बेला यस्तो होला भनेर ।’

प्रेस चौतारीले गृहमन्त्री श्रेष्ठले आफ्नै सचिवालयबाट फोन गराएर अध्यक्ष बस्नेतलाई प्रहरीले पक्राउ गर्‍यो भनेर समाचार लेखाउनु र समाचार लेखाएपछि सचिवालयकै सदस्यले प्रहरीमा उजुरी दिनु भनेको गृह मन्त्रालय आफ्नो पक्षबाट कमी कमजोरी भएको र त्यो घटना ढाकछोप गर्न न्वारानदेखिको बल लगाइरहेको टिप्पणी गरेको छ ।

‘सार्वजनिक पद धारण गरेका व्यक्तिले आफूमाथि उठाइएको विषयमा प्रस्ट पार्नुपर्छ । सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको तर्फबाट स्पष्ट जवाफ दिनुको साटो हाम्रो सङ्गठनका अध्यक्षलाई फसाउने षड्यन्त्रसहित प्रहरीमा उजुरी दर्ता गराउनुले कतै ‘स्याल कराउनु र बाख्रा हराउनु’ जस्तै भएको त होइन ? भन्ने गम्भीर प्रश्न पनि उठेको छ । ’ विज्ञप्तिमा भनिएको छ ।

गृह मन्त्रालय नेपाली प्रेस र आम नागरिकलाई आतङ्कित पारेर/त्रासमा राखेर निरङ्कुश एवं अधिनायकवादी शासन चलाउने अभ्यासमा त छैन भन्ने गम्भीर आशङ्का पैदा भएको चौतारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal