गाउँघरमा खेरा गएका केराको थाम प्रयोग गरेर हस्तकलाका सामग्री बनाउदै कालीगण्डकी गाउँपालिका
हिमलाल पराजुली
वालिङ,५साउन- जिल्लाको पश्चिम भागमा रहेको कालीगण्डकी गाउँपालिकाले स्थानीय बासिन्दालाई विभिन्न माध्यमबाट आयआरजनमा जोड्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
यहि अभियान अन्तरगत गाउँपालिकाले गाउँघरमा पाइने त्यसै खेरा गइरहेका केराको थामको प्रयोग गरेर हस्तकलाका साथै विभिन्न सामग्रीहरु उत्पादन गरेको छ ।
गण्डकी प्रदेश सरकारको नवप्रवद्धन कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगीता सम्बन्धि परियोजना र गाउँपालिकाको साझेदारीमा गाउँघरमा त्यसै खेरागइरहेका केराको थामबाट धागो निकालेर विभिन्न प्रकारका हस्तकलाका सामग्रीहरु उत्पादनको लागि कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रशासकीय प्रमुख देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।

कृषि अधिकृत एवं नवप्रवद्धन कार्यक्रमका फोकल प्रसन अनुप पौडेलले गाउँपालिकाका विभिन्न वडाबाट तालिममा सहभागिताको लागि ३२ जनालाई छनोट गरेर पहिलो चरणमा म्यासिनको प्रयोग विना नै केराको थामबाट रेसा (धागो) निकालेर हस्तकला संग सम्बन्धित विभिन्न प्रकारका सामग्रीहरुको निर्माण गरिएको बताउनुभयो । कार्याक्रमका फोकल प्रसन पौडेलले पहिलो चरणमा हस्तकला संग सम्वन्धित सामग्री उत्पादन गरिएको दोस्रो चरणमा कपडा जन्य सामग्री खादा, सल लगायत र तेस्रो चरणमा गलैचा लगायतका सामग्री उत्पादन गर्ने गरि कार्यक्रमलाई अगाडी बढाइएको बताउनुभयो ।

गाउँपालिकाले स्थानीय स्तरमा त्यसै खेरागएको केराको थामबाट हस्तकला संग सम्बन्धित सामग्री बनाउने तालिम सञ्चालन गरे संगै स्थानीय महिलाहरु खुसि भएकाछन् । वडा नम्बर ४ की मुक्ती रानाले तालिममा सहभागिभएपछि आफुहरुले चप्पल, म्याट, टिम्याट, डोर म्याट ढकीया डस्वीन लगायतका सामग्रीहरु निर्माण गरेको बताउनुभयो । यसरी गाउँघरमै खेरागइरहेका वस्तुको प्रयोग गरेर सामग्री बनाउन पाउँदा खुसि लागेको राना बताउनुहुन्छ ।

पालिकाका कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठले पालिकाले आफ्नै टिप्परको प्रयोग गरेर स्थानीय स्तरमा पाइने कच्चा पदार्थको ब्यवस्था मिलाएको बताउनुभयो । कार्यक्रमलाई थप प्रभावकारीका साथै कच्चा पदार्थको ब्यवस्थापनमा सहयोग पुर्याउने योजना अनुसार गाउँपालिकाले कृषकहरुलाई केराका बिरुवा समेत वितरण गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँघरमा त्यसै खेर गइरहेका केराको थामबाट हस्तकला संग सम्बन्धित सामग्रीहरु निर्माण गर्ने तालिम पाएसंगै महिला दिदीबहिनीहरु उत्साहित भएको पालिकाको कृषि शाखामा कार्यरत क्रमचारी कस्तुरी थापाले बताउनुभयो । महिला दिदीबहिनीहरुले फुर्सतको समयमा घरमै बसेर पनि आफुलाई मन लागेका सामग्रीहरु उत्पादन गर्न सक्ने भएकोले यो कार्यक्रमले महिलाहरुलाई उत्साहित बनाएको थापा बताउनुहुन्छ ।

पालिका भित्र पाइने त्यसै खेरा गइरहेका वस्तुहरुको उपयोग गरेर पालिका भित्रै रोजगारी सिर्जना गर्दै पालिका बासिलाई सोरोजगार बनाउने अभियानमा पालिका लागिपरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । थापाले भन्नुभयो, “हामी पालिका बासिलाई कुनै न कुनै कामका माध्यामबाट आयआर्जन संग जोडन चाहान्छौ, त्यही अभियान अन्तरगतको केराको थामबाट बिभिन्न प्रकारका हस्तकलाका सामग्री निर्माण गर्ने एउटा कार्य हो ।”

पालिका भित्र स्वरोजगार सिर्जना गर्न सम्भावना रहेका सबै कुरालाई योजनाबद्ध रुपमा अगाडी बढाएर एउटा छुट्टै पहिचान दिने अभियानमा कालीगण्डकी गाउँपालिका रहेको पालिका अध्यक्ष थापा बताउनुहुन्छ ।
हस्तकला महासंघले तालिमको लागि प्रशिक्षक र बजारीकरणको लागि सहजिकरण गरिदिएपछि पालिकालाई स्थानीय स्तरमा पाइने वस्तुको प्रयोग गरेर हस्तकला संग सम्बन्ति सामग्रीहरुको निर्माण गर्न थप सहयोग पुगेको छ ।

केराको थामबाट हस्तकलाका सामग्री मात्रै नभएर विभिन्न प्रकारका कपडाका साथै गलैचा लगायतका सामग्रीको उत्पादनका साथै केराको भित्री भागमा रहेको गुदीबाट औषधी जन्य जुसको उत्पादनको लागि समेत गाउँपालिकाले योजना बनाएको छ । जुस उत्पादनको लागि ल्याब परिक्षणको नतिजा सकरात्मक आएको र केराको थामको भित्री भागमा हुने गुदीबाट उत्पादन गरिएको जुस कब्जीयतका साथै मृगौला संग सम्बन्धि विरामीहरुको लागि लाभदायक हुने कृषि अधिकृत अनुप पौडेलले बताउनुभयो ।

कालीगण्डकी गाउँपालिकाले सुरु गरेको स्थानीय स्तरमा त्यसै खेरा गइरहेका वस्तुहरुको प्रयोग गरेर हस्तकला लगायतका वस्तुहरुको उत्पादन गरेर स्थानीय वासिन्दालाई स्वरोजगार बनाउने अभियान अन्य पालिकाको लागि पनि उपयोगी बन्ने देखिन्छ । अन्य पालिकाहरुले पनि आफ्नो पालिकाको आवश्यक्ता र स्थानीय स्तरमा पाइने कच्चा सामग्रीको सदुपयोग गर्दै रोजगारीको सिर्जना गरि पालिका बासिलाई आयआर्जन संग जोडनुनै अहिलेको आवश्यक्ता हो ।
ताजा
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित
२०८३ जेष्ठ २४ गते, आईतवार
भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता
२०८३ जेष्ठ १९ गते, मंगलवार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन
२०८३ जेष्ठ १५ गते, शुक्रबार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार





















