अनेरास्ववियुद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान


वालिङ,४ साउन- वालिङमा एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान एवम् करियर काउन्सिलिङ गरिएको छ । अनेरास्ववियु वालिङ नगर कमिटीले शैक्षिक सत्र २०७९ मा एसईईमा उत्तीणर् विद्यार्थीहरुलाई सम्मान एवम् करियर काउन्सिलिङ कार्यक्रम गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मीले विद्यार्थीहरुले प्रतिस्पर्धामा पहिलो बन्ने प्रयास गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका विधायन समितिका पूर्व सभापतिसमेत रहनुभएका रेग्मीले २१ औं शताव्दी टेक्नोलोजीको शताव्दी भएकाले विद्यार्थीहरुले समयको मागलाई बुझेर प्रतिस्पर्धामा अव्वल बन्नेगरी अध्ययनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । आ-आफ्नो क्षमताका आधारमा विषय छनौट गरेर उच्च शिक्षा हासिल गर्न आग्रह गर्दै नेता रेग्मीले गन्तव्य प्राप्तीका लागि निरन्तर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
विद्यार्थी हकहीतका सन्दर्भमा अनेरास्ववियुले उल्लेखनीय योगदान गरेको नेता रेग्मीले बताउनुभयो । विद्यार्थीको हकहीतका पक्षमा नेकपा एमाले सधैं उभिने उहाँको भनाई छ । नेकपा एमालेले अगाडि सारेका कुराहरुलाई अवलम्वन गर्न आग्रह गर्दै नेता रेग्मीले सकारात्मक हुन आवस्यक रहेको कुरा औंल्याउनुभयो ।
कार्यक्रममा एसईईमा उत्तीर्णवालिङ क्षेत्रका विद्यार्थीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal