अनेरास्ववियुद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

वालिङ,४ साउन- वालिङमा एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान एवम् करियर काउन्सिलिङ गरिएको छ । अनेरास्ववियु वालिङ नगर कमिटीले शैक्षिक सत्र २०७९ मा एसईईमा उत्तीणर् विद्यार्थीहरुलाई सम्मान एवम् करियर काउन्सिलिङ कार्यक्रम गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मीले विद्यार्थीहरुले प्रतिस्पर्धामा पहिलो बन्ने प्रयास गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका विधायन समितिका पूर्व सभापतिसमेत रहनुभएका रेग्मीले २१ औं शताव्दी टेक्नोलोजीको शताव्दी भएकाले विद्यार्थीहरुले समयको मागलाई बुझेर प्रतिस्पर्धामा अव्वल बन्नेगरी अध्ययनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । आ-आफ्नो क्षमताका आधारमा विषय छनौट गरेर उच्च शिक्षा हासिल गर्न आग्रह गर्दै नेता रेग्मीले गन्तव्य प्राप्तीका लागि निरन्तर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
विद्यार्थी हकहीतका सन्दर्भमा अनेरास्ववियुले उल्लेखनीय योगदान गरेको नेता रेग्मीले बताउनुभयो । विद्यार्थीको हकहीतका पक्षमा नेकपा एमाले सधैं उभिने उहाँको भनाई छ । नेकपा एमालेले अगाडि सारेका कुराहरुलाई अवलम्वन गर्न आग्रह गर्दै नेता रेग्मीले सकारात्मक हुन आवस्यक रहेको कुरा औंल्याउनुभयो ।
कार्यक्रममा एसईईमा उत्तीर्णवालिङ क्षेत्रका विद्यार्थीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार