पत्रकार महासंघ स्याङ्जाको सदस्यता सिफारिसमा प्रेस चौतारीको ध्यानाकर्षण
वालिङ,२४ असार-पे्रस चौतारी नेपाल स्याङ्जाले नेपाल पत्रकार महासंघ कन्द्रको निर्देशन विपरित महासंघको सदस्यता सिफारिस गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ स्याङ्जा साखाले यही असार १७ गते नयाँ तथा पुराना सदस्यहरुको नविकरणको लागि पत्रकार महासंघ गण्डकी प्रदेशलाई सिफारिस गरेको विषयमा बिरोध जनाएको हो ।
पत्रकार महासंघ स्याङ्जाले नयाँ सदस्यता वितरण गर्दा क्रियाशिल नभएकालाई सदस्यमा सिफारिस गरेको तथा पुराना सदस्यहरुको शुद्धीकरण बिना नै नामावली सिफारिस गरिएको प्रति प्रेस चौतारी स्याङ्जाले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सदस्यता वितरण तथा शुसिद्धकरण सम्बन्धमा जारी गरेको निर्देशन विपरित स्याङ्जा शाखाले राजनैतिक दलका जिम्मेवार पदमा रहेका व्यक्ति, कर्मचारी तथा सक्रिय पत्रकारितामा नरहेकाहरुलाई समेत महासंघको सदस्यताका लागि सिफारिस गरिनु नितान्त गलत, गैरजिम्मेवार कार्य रहेको प्रेस चौतारीका अध्यक्ष शुसिल सुवेदीद्धारा हस्ताक्षरित जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघ स्याङ्जा वर्तमान कार्य समितिले गरेको यस प्रकारको कार्य श्रमजीवी पत्रकारहरुको पहिचानमा ठेस पुगेको तथा पत्रकारिता जगतकै बदनाम भएको भन्दै विज्ञप्ति मार्फत प्रेस चौतारीले भत्सना गरेको छ । साथै प्रेस चौतारी नेपाल स्याङ्जा शाखाले थालेको न्याय प्राप्तिको संर्घषमा एकताबद्ध भई साथ, सहयोग र रचनात्मक सुझावका लागि समेत सबैमा अनुरोध गरिएको छ ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















