कविता: जब जि पि ए चार मा चार आयो
विनुप्रसाद पराजुली
जब मेरो जि पि ए चार मा चार आयो
मलाई सम्मान गर्न नगर सरकार आयो
छात्रवृत्ति दिन कलेज घरै आयो
हिजो सम्मान पत्र बोकि अखिल आयो
आज खादा बोकि ने बि संघ आयो
प्रदेश र संघीय साम्सद को बधाई आयो
तर
मलाई त मात्र अतित को याद आयो।
बाबा आमा नै नचिनेको गर्भे टुहुरो
खै तेरो बाबा भन्ने जवाफ को याद आयो।
किताब किन्न नसकि समय मा
सापटि लिएका किताबको याद आयो
ट्युसन पढ्न नसकेर गरीबी ले
साथि को कापि सारेको याद आयो
कापि र कलम जोहोको लागि
काम शनिबार पारेको याद आयो।
माया गरेर क्याल्कुलेटर र जेमिति
बक्स दिनु हुने हेड सर को याद आयो।
च्यात्तिएको ड्रेस सम्म नभएर
लाइन मा लुकेको प्रहर को याद आयो।
सम्मान पुरस्कार कलेज अफरसबै पाउदा
मैले नदेखेकि आमा को याद आयो।
सम्मान बोकेर नगर सरकार आयो।
जब मेरो जि पि ए चार मा चार आयो।
खसेका आसु का ढिका भन्दै थिए
यि हिजो आएको भए ,याद बार बार आयो।
लेखक ःपराजुली चापाकोट नगरपालिका एक मा रहेको भानु माध्यमिक विद्यालयका प्रअ हुनुहुन्छ ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















