कविता: जब जि पि ए चार मा चार आयो

विनुप्रसाद पराजुली

जब मेरो जि पि ए चार मा चार आयो 

मलाई सम्मान गर्न  नगर सरकार आयो

छात्रवृत्ति दिन कलेज घरै आयो

हिजो सम्मान पत्र बोकि अखिल आयो

आज खादा बोकि ने बि संघ आयो

प्रदेश र संघीय साम्सद को बधाई आयो

तर

मलाई त मात्र अतित को याद आयो।

बाबा आमा नै नचिनेको गर्भे टुहुरो

 खै तेरो बाबा भन्ने जवाफ को याद आयो।

किताब किन्न नसकि समय मा

सापटि लिएका किताबको याद आयो

ट्युसन पढ्न नसकेर गरीबी ले

साथि को कापि सारेको याद आयो

कापि र कलम जोहोको लागि

 काम शनिबार पारेको याद आयो।

माया गरेर क्याल्कुलेटर र जेमिति 

बक्स दिनु हुने हेड सर को याद आयो।

च्यात्तिएको ड्रेस सम्म नभएर

लाइन मा लुकेको प्रहर को याद आयो।

सम्मान  पुरस्कार कलेज अफरसबै पाउदा

 मैले नदेखेकि आमा को याद आयो।

सम्मान बोकेर नगर सरकार आयो।

जब मेरो जि पि ए चार मा चार आयो।

खसेका आसु का ढिका भन्दै थिए

यि हिजो आएको भए ,याद बार बार आयो।

लेखक ःपराजुली चापाकोट नगरपालिका एक मा रहेको भानु माध्यमिक विद्यालयका प्रअ हुनुहुन्छ ।

ताजा

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

पुतलीबजार पूर्ण खोप पालिका घोषणा

२०८२ बैशाख ११ गते, बिहीबार

उत्पादन बढाउन आधुनिक खोर निर्माण

२०८२ बैशाख ११ गते, बिहीबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal