‘उज्यालो गण्डकी प्रदेश’ प्रभावकारी बनाउन मुख्यमन्त्रीको जोड

पोखरा,२३असार-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत् पु-याउने विषयमा छलफल भएको छ। 

मुख्यमन्त्री पाण्डेले निर्देशक घिसिङसँग शुक्रबार भएको भेटमा सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक भएको बताउनुभयो। गण्डकी प्रदेशका ९९.५ प्रतिशत घरमा विद्युतीकरण भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले पूर्ण विद्युतीकरणका लागि सरकार र प्राधिकरण मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले सकेसम्म सबै ठाउँमा ग्रिडलाइन विस्तार गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो। 

 मुख्यमन्त्री पाण्डेले पृथ्वी राजमार्ग, मध्यपहाडी सडकलगायत सडक विस्तार भएका ठाउँमा पोल स्थानान्तरण नहुँदा दुर्घटना हुन सक्ने खतरा रहेकाले त्यसतर्फ पनि प्राधिकरणले ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका बारेमा पनि मुख्यमन्त्री पाण्डेले चासो राख्नुभएको थियो।

छलफलका क्रममा कार्यकारी निर्देशक घिसिङले विद्युतीकरण नभएका ठाउँमा उज्यालो पु¥याउन लघुजलविद्युत्, सौर्य ऊर्जा पनि प्रभावकारी हुने बताउनुभयो। साथै उहाँले उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सबस्टेसनहरू निर्माण, प्राधिकरणले ग्रिडलाइनबाट विद्युत् पु¥याउने गरी काम अघि बढाइरहेको जानकारीसमेत गराउनुभयो।  

कार्यकारी निर्देशक घिसिङले बुढीगण्डकी आयोजना नेपालका लागि आवश्यक र गौरवको परियोजना भएकाले छिटो निर्माण गर्ने गरी प्रक्रिया अघि बढिरहेको जानकारी मुख्यमन्त्री पाण्डेलाई गराउनुभयो। उहाँले प्राधिकरणको प्रादेशिक कार्यालयमार्फत पृथ्वी राजमार्गलगायतका स्थानमा रहेका पोलहरू उपयुक्त स्थान पहिचान गरी तत्काल स्थानान्तरण गरिने समेत बताउनुभयो। भेटघाटमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय पोखराका प्रमुख जगदीशचन्द्र जोशीलगायतको उपस्थिति रहेको थियो। 

यसै गरी पोखरामा आयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवाप्रदायक र सरोकारवालासँगको अन्तर्क्रियामा मुख्यमन्त्री पाण्डेले इन्टरनेट र फोन महसुल घटाएर सहज रूपमा स्तरीय सेवा दिन सेवा प्रदायकहरूलाई सुझाव दिनुभएको छ। उहाँले भन्नुभयो, “दुरसञ्चारको सेवाले विश्व नै साँघुरिएको छ, मानिसलाई हातहातमा छिटो सेवा चाहिएको हुनाले अहिले भएको भन्दा सस्तो र स्तरीय सेवा दिने गरी सेवाप्रदायकले काम गर्नु पर्छ।” 

अहिले पनि दुर्गम हिमाली र उच्च पहाडी भेगमा दुरसञ्चार सेवा प्रभावकारी नभएकाले सेवा विस्तारमा ध्यान दिन मुख्यमन्त्री पाण्डेले अनुरोध गर्नुभयो। उहाँले भन्नुभयो, “सेवाप्रदायक संस्था नाफामुखी भए भन्ने आरोप पनि छ। तसर्थ नाफा थोरै गरेर सेवामा सहुलियत दिऊँ।” 

उहाँले गण्डकी प्रदेशभित्र सञ्चार सेवामा देखिएका समस्या, समाधानका उपायका साथै अझै स्तरीय सेवा सुविधा दिन प्रदेश सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा छलफलबाट समाधान निकाल्न मुख्यमन्त्री पाण्डेले अनुरोध गर्नुभयो। उहाँले सञ्चार सेवा व्यक्तिको स्वतन्त्रतासँग पनि जोडिएको तर अहिले स्वतन्त्रताको नाममा प्रविधि दुरुपयोगको घटना पनि बढेको सुनाउनुभयो।   

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal