वालिङमा स्थानीय उत्पादनको प्रर्दशनी

वालिङ,२२असार- वालिङ नगरपालिका वडा नम्बर ८ मा रहेको सिटि हलमा स्थानीय उत्पादनको प्रर्दशनी गरिएको छ । वालिङ नगरपालिकाको आयोजना र आँधीखोला टेक्निकल एण्ड एजुकेशन कलेज प्रालि वालिङको समन्वयमा इबिक परियोजना अन्र्तगत वस्तु तथा सेवाको प्रर्दशनी एवं प्रतिष्पर्धात्मक कार्यक्रम शुरु गरिएको हो ।
इबिक परियोजना लागू भएका पालिकाहरु मध्य वालिङ नगरपालिका उत्कृष्ठ भएकाले यहाँ प्रर्दशनी तथा उद्यमीहरुको प्रोत्साहनको लागि प्रतिष्पर्धात्मक कार्यक्रम राखिएको हो ।

दुई दिन सम्म चल्ने प्रर्दशनीको उद्घाटन गर्दै नगरउपप्रमुख कविता तिवारीेले वालिङलाई दुध, तरकारी र मासुमा आत्मनिर्भर बनाउन नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८ करोड बजेट छुट्याएको बताउनुभयो । उद्यमीहरुलाई आर्थिक सहायता गर्न, आवश्यक तालिमहरु प्रदान गर्न, उत्पादित वस्तुको बजारीकरणको जिम्मा सबै नगरपालिकाले गर्ने उपप्रमुख तिवारीेको भनाई छ । उहाँले भन्नुभयो,“नगरपालिकाभित्र १ हजार २२ जना सुचिकृत उद्यमीहरु हुुनुहुन्छ । उहाँहरुको उत्पादन सबैको विषयमा हामीले डिटेल्स राखेका छौँ । उद्यमीलाई आर्थिक समस्या पर्दा निश्चित मापदण्ड बनाई आर्थिक सहयोग गर्नेदेखि सबै काम नगरपालिकाले गर्नेछ ।”
माटो सुहाउँदो खेति गर्नका लागि गाउँगाउँमा प्राविधिकहरु खटाउने, माटो सुहाउँदो खेति गर्न कृषकहरुलाई प्रोत्साहन गर्ने,उत्पादनहरु विक्रिका लागि भैरहवा तथा कालीमाटीसंग समेत समन्वय गर्ने र बिक्रि हुन नसकेका वस्तुहरुलाई दाना बनाउने, मल बनाउने गरी वालिङलाई अर्गानिक शहरको रुपमा विकास गरिने उपप्रमुख तिवारीको भनाई छ ।
ताजा

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
२०८२ असार १९ गते, बिहीबार