वालिङ नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि उत्पादनलाई प्राथमिकता


मणीप्रसाद अर्याल
वालिङ,१०असार-वालिङ नगरपालिकाले आ.व.०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १४ औँ नगरसभामा नगरप्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
‘उत्पादन,रोजगारी र पूर्वाधारःवालिङको विकास र समृद्धिको आधार’ भन्ने मुल नारा सहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरमा उत्पादन वृद्धि गरिने लक्ष्य लिइएको छ । बढ्दो बेरोजगारी समस्यालाई नीति तथा कार्यक्रमले समाधान गर्ने लक्ष्य लिइएको छ । गत आर्थिक वर्षमा तय गरिएका नीति तथा कार्यक्रमहरु र योजनाहरुको सफल कार्यान्वयन भएको जानकारी दिदैँ नगरप्रमुख खाँणले विगतका केही योजनाहरुको प्रतिफल क्रमशःप्राप्त भैरहेको उल्लेख गर्नुभयो ।
प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगरको कृषि उत्पादन वृद्धि गर्न प्राथमिकता दिइएको छ । नगरभित्रका ६७ प्रतिशत नागरिकहरु कृषिमा आवद्ध रहेकोले उनीहरुको आर्थिक स्तर उकास्नको लागि कृषि क्षेत्रलाई ग्राहयता दिइएको कार्यक्रममा उल्लेख छ ।
कृषि उत्पादन वृद्धिको लागि ‘एक टोल एक सामुहिक कृषि उत्पादन’नीति अवलम्बन गरी स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सुन्तला,कोदो र अदुवाजस्ता अन्न तथा फलफुलबाट स्थानीय मदिरा उत्पादन एवं लेबलिङ र ब्राण्डिङ गरी नगरको आन्तरिक आय वृद्धि गरिने कार्यक्रमलाई अगाडि सारिएको छ ।
कृषि तथा पशुपालनमा विशेष जोड दिइएको कार्यक्रममा रैथाने बालीहरुको संरक्षण तथा उत्पादनमा वृद्धि,बाँदर आतङ्क न्युनिकरणको लागि हेरालुको व्यवस्था, दुधको शुद्धताको लागि गोठदेखि ओँठसम्म नीति तय गरिएको छ ।
नगरको पूर्वाधार विकासको लागि आयोजना बैङ्क स्थापना गर्ने र लगानीमैत्री वातावरणमा लगानीकर्तालाई आकर्षण गरिने नीति लिइएको छ । खानेपानी,यातायात,पार्किङ,सडिक सञ्जाल लगायतको उचित व्यवस्थापन हुने गरी कार्यक्रम अगाडि सारिने नीति तथा कार्यक्रम अगाडि सारिएको छ । यस आर्थिक वर्षमा थप १५ किलो मिटर सडक कालोपत्रे गर्ने लक्ष्य नगरको रहेको छ ।
आइतबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा ‘शिव पार्वती वृद्धाश्रम’सँग सहकार्य गरी असहाय,अशक्त व्यक्तिहरुको उचित व्यवस्थापन गरिनेछ ।
नगरप्रमुख खाँणका अनुसार नगरका २५ हजार नागरिकहरु स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् भने १५ हजार जना बीमितले नियमित स्वास्थ्य सेवा लिइरहेका छन् ।
नगरको समृद्धिको लागि युवा,खेलकुद तथा शिक्षा नीति, सहकारी सम्बन्धी नीति,विपद् व्यवस्थापन,महिला ,बालबालिका तथा जेष्ठ नागरिक लगायतका नीतिहरुको अगाडि सारिएको छ ।
यसै गरी वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८ करोड ८९ लाख ८३ हजार विनियोजन गरेको छ । नगरपालिकाको आइतबार आयोजित १४ औँ नगरसभामा नगरउपप्रमुख कविता तिवारीले आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गर्नुभएको हो । उपप्रमुख तिवारीले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ६० करोड ५६ लाख ७१ हजार अर्थात ५६.१३ प्रतिशत र पुँजीगततर्फ ४७ करोड ३३ लाख ५१ हजार अर्थात ४३.८७ प्रतिशत रहेको छ । विनियोजित बजेटमा आर्थिक विकासका लागि ११ करोड ४० लाख ३३ हजार १ सय ५०, सामाजिक विकासमा ६ करोड ५१ लाख ६१ हजार, पुर्वाधार विकासमा ९ करोड ७७ लाख ८ सय, सुशासन र अन्तर सम्बन्धतर्फ ३ करोड ५५ हजार ९ सय रहेको छ ।
अनुमानित बजेटको स्रोत व्यवस्थापनमध्ये आन्तरिक आयस्रोत ३१ करोड, संघीय वित्तीय समानिकरण १४ करोड ९६ लाख, संघीय सरकार राजस्व बाँडफाँट १३ करोड २२ लाख ४६ हजार, संघीय सरकार सशर्त अनुदान ४१ करोड ४४ लाख, संघीय सरकार विशेष अनुदान १ करोड ५० लाख, संघीय सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार समानिकरण अनुदान २ करोड ११ लाख ४९ हजार, प्रदेश सरकार राजस्व बाँडफाँट १ करोड ५५ लाख ८८ हजार, प्रदेश सरकार सशर्त अनुदान ५० लाख र प्रदेश सरकार समपुरक अनुदान ६० लाख रहेको छ ।

ताजा

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal