आमसञ्चार विधेयक छिटो संसदमा पेश हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं,१०असार- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार सम्बन्धी विधेयक छिटो भन्दा छिटो संसदमा पेश गर्ने बताउनुभएको छ। विधेयकलाई संसदमा ल्याउनका लागि सरकारले विज्ञसँग आवश्यक सुझाव लिएको र त्यसलाई संसदमा पेश गर्ने प्रक्रियाका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो। 

आइतबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै मन्त्री शर्माले सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित धेरै ऐन पुराना भएकाले त्यसलाई अध्यावधिक गरेर नयाँ कानुन बनाउने काममा सरकार लागिपरेको बताउनुभयो। 

उहाँले दूरसञ्चार सम्बन्धी फोरजी सेवाको देशभर विस्तार र फाइभजी सेवाको लन्च गरेर शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रको पूर्वाधार विकास गरेर मुलुकको राजस्व वृद्धिमा योगदान पुर्‍याउने योजनाका साथ काम भइरहेको दाबीसमेत गर्नुभयो। 

सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘अहिले नेपाल टेलिकमले फाइभजीको परीक्षण गर्दैछ। यो परीक्षण सफल भइसकेपछि र सँगसँगै हाम्रो फोरजीको पनि देशव्यापी रुपमा विस्तार हुनुपर्ने हो। त्यो ढंगले विस्तार भइरहेको छैन। त्यसको समिक्षा गरेर फाईभजीलाई लन्च गर्छाै। यो हाम्रो आवश्यक्ता हो। आमसञ्चार सम्बन्धी विधेयकका विषयमा हामीले यस क्षेत्रका विज्ञलाई समेटेर मन्त्रालयमा कार्य दलनै बनाएर सुझाव प्राप्त गरेका छौं। मन्त्रालय ‘वर्कआउट’ गर्दैछ। हामी छिटो भन्दा छिटो संसदमा ल्याउने प्रक्रियामा छौं। मन्त्रालयको रुटिनमा यी सबै विधेयकलाई राखेर ल्याउँछौं।’’

मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रमा भएको तीव्र विकासलाई मध्यनजर गरेर ऐन, नियम बनाउने काममा सरकारले विशेष ध्यान दिनेसमेत बताउनुभएको छ। 

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal