गल्याङ नगरपालिकाको १३ औं नगरसभा सम्पन्न


गल्याङ,१०असार-“बसौं बसौं लाग्ने गाँउ र सहर, समुन्नत र समृद्ध गल्याङ नगर”भन्ने मुल नाराका साथ गल्याङ नगरपालिकाको १३ औं नगरसभा सम्पन्न भएको छ ।
कार्यक्रममा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख गुरुप्रसाद भट्टराईले आगामी आर्थिक वर्ष युवा रोजगारीका लागि पर्यटन र उद्यमशिलता संगै उत्पादनको वर्ष हुने, सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरु मध्येबाट विभिन्न विधामा प्रत्येक वर्ष १ जनालाई नगरस्तरी सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।
गल्याङ नगरपालिका ५ जोगिमारा, स्यालबास, ताम्केकोट सडकलाई पूर्व वडाध्यक्ष स्वर्गीय विष्णु क्षेत्री मार्गको रुपमा नामाकरण गरी निर्माण गरिने । वडा नम्बर ११ र ३ मुड्किल्लामा नगरस्तरिय अत्याधुनिक सुविधा सहितको वसपार्क निर्माण प्रकृया अगाडी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
झोलुङ्गे पुलको निर्माणका साथै नगर क्षेत्रभित्र एकिकृत नमुना वस्तिको विकाससंगै वस्ति व्यवस्थापनलाई गुरु योजना मार्फत व्यवस्थित गरिने कार्यक्रममा समेटिएको छ ।
निश्चित सुचकका आधारमा नगरभित्रका आधारभुत र माध्यमिक तह सञ्चालित १/१ वटा विद्यालयहरुलाई नगर नमुना विद्यालयका रुपमा विकास गरिने, एक विद्यालय एक योग गुरु बनाउन योगा प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिने । नगरका सबै स्वास्थ्य संस्थामा सुरक्षित मातृत्व तथा सुरक्षित शिशु जन्मका लागि वर्थिङ्ग सेन्टरको निर्माण गरि गुणस्तरीय सेवा प्रवाह गर्ने,लक्षित समुहलाई सिप विकास तथा प्रविधि हस्तान्तरण मार्फत एक घर एक सिप विकास गरी रोजगारी प्रवर्धन गरिने । उज्यालो गल्याङ नगर कार्यक्रम अन्तर्गत नगर क्षेत्र भित्रका सडकहरुमा आवश्यक संख्यामा सडक वत्ती जडान गरिनेछ । आधुनिक र प्रविधीमैत्री कृषि ब्यवसायको विकास गर्दे नगरपालिकाले अवलम्बन गरेको उत्पादन बर्ष २०८० कार्यक्रम समेत सञ्चालन गरिने ।
युवाहरुको वैदेशिक रोजगारीमा जाने बढ्दो प्रवृत्तिलाई स्वदेशी उद्यममा आकर्षण गर्न स्वदेशी वस्तुहरुको उत्पादन, प्रवद्र्धन र बजारीकरणलाई प्रोत्साहन गरिने । यसको सुरुवात स्वरुप नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुको पहिचान गरि नेपाली वस्तुहरुको बजार संचालनमा ल्याइने ।
विभिन्न स्थानहरुमा वाईफाई फ्री चौतारी र खुल्ला ब्यायामशाला निर्माण गरिने आगामी दुई वर्ष भित्र वडा केन्द्रलाई कालोपत्रे सडकले जोड्ने गरि कार्यक्रम कार्यान्वयनका लागि संघ र प्रदेशसंग सहकार्य गरिने ।
अनुदानमा प्रती लिटर दुधमा रु १५ कार्यक्रम निरन्तता,बाख्रा मासुको उत्पादनमा अहिले दिदै आएको अनुदानलाई दोब्बर बढाइने, दुधबाट खुवा/ छुर्पी लगायत विविधिकरण गरिने छ । निर्यातमुखी बनाइने छ । पशु बिमा,ब्याज अनुदान कार्यलाई निरन्तरता दिइनेछ,नगरपालिका पशुपङ्छीमा पुणर् खोप कार्यक्रम संचालक गरिनेछ ,प्रत्येक वाडामा पसु / कृषि प्राविधिक ब्यवस्थापन गरिने छ ।
वैदेशिक रोजगारबाट फर्किएका युवाहरुले गरेको पशुपालन व्यावसायमा प्रोत्साहन गर्दै नयाँ ब्यावसाय खोल्न सहयोग गरिनेछ । गाई / भैंसी /बंगुर पकेट क्षेत्र स्थापन्ना गरिने कुरा नीति तथा कार्यक्रममा समेटिएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ को बजेट गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले प्रस्तुत गर्दै जलविधुत रोयल्टी संघबाट रु ५ करोड, स्थानीय राजस्व बाडफाणवाट रु ५० लाख, संघिय सरकार बाट समानिकरण अनुदान वाट रु १२. करोड २८ लाख, गण्डकी प्रदेश सरकार समानिकरण अनुदान वाट रु १ करोड ६९ लाख ७२ हजार, सशर्त अनुदान (चालू) संघिय सरकारवाट रु ३५ करोड ३२ लाख, सशर्त अनुदान (पुँजिगत) संघिय सरकारवाट रु२ करोड ७५ लाख, समपुरक अनुदान संघ बाट रु १ करोड, विशेष अनुदान संघ रु १ करोड ५० लाख, सशर्त अनुदान प्रदेश सरकार रु ५० लाख, समपुरक अनुदान प्रदेश रु १ करोड, विशेष अनुदान प्रदेशबाट रु ५० लाख गरी जम्मा रु ८१ करोड ४४ लाख हुने अनुमान गर्नु भएको थियो ।

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal