आगामी बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राख्छौँः नगरप्रमुख खाँण
मणी प्रसाद अर्याल
वालिङ,७ असार-वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले आगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
बिहीबार शिव पार्वती एकीकृत खाद्यतत्व व्यवस्थापन कृषक पाठशाला वालिङ १३ पाठखोलाले आयोजना गरेको कृषक दिवस समारोहमा नगरप्रमुख खाँणले कृषिक्षेत्रको विकासबाट नै सुखी नागरिक समृद्ध नगरपालिकाको नारा सार्थक हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
नगरप्रमुख खाँणले कृषिक्षेत्रको विकासको लागि बजेटको अभाव भएको गुनासो आउने गरेकोले ती समस्या तथा गुनासाहरु समस्याको समाधान हुने गरी बजेट विनियोजन गरिने उल्लेख गर्नुभयो ।
नगरप्रमुख खाँणले भन्नुभयो,“म पनि किसान नै हुँ, कृषकहरुको पीडा तथा गुनासो मलाई राम्रोसँग अवगत भएकाले किसानका समस्या समाधान गर्न मेरो कार्यकालमा अनुभूत हुने गरी काम हुन्छ ।”
वालिङ नगरपालिकाका किसानहरुको अवस्था सुधारको लागि नगरपालिकाले आवश्यक बजेट तथा नीति तर्जुमाको व्यवस्था गरेको भएपनि सार्थकताको लागि किसानहरुको सहभागिता र समर्पण सदैव आवश्यक रहेको नगर प्रमुख खाँणको भनाई छ ।
तालिम,गोष्ठी र सेमिनार लगायतका शीर्षकमा नगरमा धेरै कार्यक्रमहरु हुने गरेकोमा तिनको सार्थकतामा प्रश्न उठेकोप्रति आफ्नो ध्यान आकर्षण भएको उल्लेख गर्दै नगर प्रमुख खाँणले आगामि बजेटमा आवश्यकताको आधारमा मात्र तालिमको व्यवस्था गरिने स्पष्ट पार्नुभयो ।
‘तालिम तथा सेमिनार लगायतका शीर्षकमा नगरको धेरै बजेट खर्च हुने गरेको छ । नगरप्रमुख खाँणले भन्नुभयो, “तालिम तथा सेमिनारहरुको औचित्यता तथा सार्थकताको आधारमा मात्र बजेट विनियोजन हुन्छ ।”
तालिम २०७९ फागुन २७ गतेदेखि सुरु भएको थियो । गण्डकी प्रदेशको एकिकृत खाद्यतत्व व्यवस्थापन इकाई(आईपीएनसी)को आर्थिक सहयोगमा सञ्चालित तालिममा माटोको अवस्था,माटोको प्रकृतिअनुसारको खेती प्रणाली लगायतका विषयमा कृषकहरुलाई तालिम प्रदान गरिएको थियो ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















