शैक्षिक सुधारको पक्षमा निरन्तर लागि परेकाछौंः शिक्षा शाखा प्रमुख आचार्य


वालिङ,७ असार- गल्याङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख केदार राज आचार्यले गल्याङ नगरपालिका शैक्षिक सुधारको पक्षमा निरन्तर लागि परेको बताउनुभएको छ ।
बिहीबार गल्याङ गल्याङ नगरपालिका वडा नं.८ चण्डिथान स्थित चण्डिका आधारभूत विद्यालयको नतिजा प्रकाशन तथा छात्रबृत्ती वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रमुख आचार्यले सो कुरा बताउनुभएको हो ।
समयानुकुल शैक्षिक गुणस्तर बृद्धि गर्ने पक्षमा गल्याङ नगरपालिका निरन्तर लागि परेको बताउदै आचार्यले यसलाई सफल पार्न सबै पक्षको साथ र सहयोग आवश्यक रहेको समेत बताउनुभयो ।
शिक्षा शाखा प्रमुख आचार्यले विद्यालयलाई आफ्नो सम्झेर शैक्षिक व्यवस्थापनमा लाग्न र शैक्षिक गुणस्तर बृद्धि गर्न आग्रह गर्दै आफू र नगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धधता समेत व्यक्त गर्नु भएको थियो ।
बालविकास शिक्षिकाहरुका लागि तालिम,विषय शिक्षकहरुका लागि तालिम जेहेन्दार र आर्थिक विपन्न बालवालिकाहरुका लागि शैक्षिक सामग्री वितरण, गृहकार्य डायेरी वितरण जस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको आचार्यको भनाइ थियो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.८ का वडाअध्यक्ष झिम बहादुर थापा, गल्याङ नगर शिक्षा समिति सदस्य चन्द्र बहादुर राना, शिक्षा, युवा तथा खेलकुद शाखाका नासु अग्नीधर बस्याल, विद्यालयका संस्थापक अध्यक्ष मेक बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य टिकामाया गाहा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रअ विष्णु कुमारी श्रेष्ठले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विधामा प्रथम,दोस्रो,तेस्रो सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यबाहक अध्यक्ष नारायण वि.क को अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका मिना सारुले र कार्यक्रमको सञ्चालन शिक्षक टिकाराम अधिकारीले गर्नु भएको थियो ।

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ फाल्गुन १ गते, बिहीबार

इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता

२०८१ माघ ३० गते, बुधबार

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

२०८१ माघ ३० गते, बुधबार

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

२०८१ माघ ३० गते, बुधबार

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२०८१ माघ २८ गते, सोमबार

शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया

२०८१ माघ २८ गते, सोमबार

कास्की कारागारमा पानीको समस्या

२०८१ माघ २८ गते, सोमबार

चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला

२०८१ माघ २८ गते, सोमबार

वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

२०८१ माघ २८ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal