शैक्षिक सुधारको पक्षमा निरन्तर लागि परेकाछौंः शिक्षा शाखा प्रमुख आचार्य
वालिङ,७ असार- गल्याङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख केदार राज आचार्यले गल्याङ नगरपालिका शैक्षिक सुधारको पक्षमा निरन्तर लागि परेको बताउनुभएको छ ।
बिहीबार गल्याङ गल्याङ नगरपालिका वडा नं.८ चण्डिथान स्थित चण्डिका आधारभूत विद्यालयको नतिजा प्रकाशन तथा छात्रबृत्ती वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रमुख आचार्यले सो कुरा बताउनुभएको हो ।
समयानुकुल शैक्षिक गुणस्तर बृद्धि गर्ने पक्षमा गल्याङ नगरपालिका निरन्तर लागि परेको बताउदै आचार्यले यसलाई सफल पार्न सबै पक्षको साथ र सहयोग आवश्यक रहेको समेत बताउनुभयो ।
शिक्षा शाखा प्रमुख आचार्यले विद्यालयलाई आफ्नो सम्झेर शैक्षिक व्यवस्थापनमा लाग्न र शैक्षिक गुणस्तर बृद्धि गर्न आग्रह गर्दै आफू र नगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धधता समेत व्यक्त गर्नु भएको थियो ।
बालविकास शिक्षिकाहरुका लागि तालिम,विषय शिक्षकहरुका लागि तालिम जेहेन्दार र आर्थिक विपन्न बालवालिकाहरुका लागि शैक्षिक सामग्री वितरण, गृहकार्य डायेरी वितरण जस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको आचार्यको भनाइ थियो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.८ का वडाअध्यक्ष झिम बहादुर थापा, गल्याङ नगर शिक्षा समिति सदस्य चन्द्र बहादुर राना, शिक्षा, युवा तथा खेलकुद शाखाका नासु अग्नीधर बस्याल, विद्यालयका संस्थापक अध्यक्ष मेक बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य टिकामाया गाहा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रअ विष्णु कुमारी श्रेष्ठले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विधामा प्रथम,दोस्रो,तेस्रो सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यबाहक अध्यक्ष नारायण वि.क को अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका मिना सारुले र कार्यक्रमको सञ्चालन शिक्षक टिकाराम अधिकारीले गर्नु भएको थियो ।
ताजा
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३० गते, मंगलवार
मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस
२०८३ असार २९ गते, सोमबार
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले
२०८३ असार २६ गते, शुक्रबार





















