कालीगण्डकी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
मिर्मी,७ असार-कालीगण्डकी गाउँपालिकाको गाउँसभा १३ औं अधिवेशन अन्तर्गत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
पालिकाले बिहीबार आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
पालिकाका अध्यक्ष खिमबहादुर थापाले पालिकाको सामाजिक विकाससँग सम्बन्धित ९ वटा शिर्षकमा बुँदागत प्रतिवद्धतासहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

पालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, युुवा तथा खेलकुद, लैंगिक समानता तथा सामाजिक समावेशिकरणसहित ९ वटा शिर्षकमा वुँदागतरुपमा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रममा समृद्ध गाउँपालिकाको निर्माणका लागि सार्वजनिक, निजी, र सहकारी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउने, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका विषयलाई प्राथमिकतामा पारिएको छ । यस्तै उद्योग तथा पर्यटन सम्बन्धी विभिन्न जातजातिहरुको ऐतिहासिक, सांस्कृतिक, धार्मिक पहिचानलाई महत्व दिइएको छ । शीत भण्डार र कृषि बजार कार्यक्रमलाई अगाडि ल्याइने आगामी नीति तथा कार्यक्रममा समेटिएको छ ।

यसैगरी भौतिक पूर्वाधारमा आगामी आर्थिक वर्ष १५ किलोमिटर सडक कालोपत्रे तथा ढलान गर्ने नीति तथा कार्यक्रममा अध्यक्ष थापाले उल्लेख गर्नुभएको छ । रोजगार सम्बन्धी वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वदेशमै सीप र क्षमताका आधारमा आयमूलक कार्यमा प्रेरित गरिने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गरेसँगै आगामी अर्थिक वर्षको बजेट असार १० गते प्रस्तुत गरिने अध्यक्ष थापाले जानकारी गराउनुभयो ।

ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















