कालीगण्डकी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

मिर्मी,७ असार-कालीगण्डकी गाउँपालिकाको गाउँसभा १३ औं अधिवेशन अन्तर्गत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
पालिकाले बिहीबार आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
पालिकाका अध्यक्ष खिमबहादुर थापाले पालिकाको सामाजिक विकाससँग सम्बन्धित ९ वटा शिर्षकमा बुँदागत प्रतिवद्धतासहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

पालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, युुवा तथा खेलकुद, लैंगिक समानता तथा सामाजिक समावेशिकरणसहित ९ वटा शिर्षकमा वुँदागतरुपमा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रममा समृद्ध गाउँपालिकाको निर्माणका लागि सार्वजनिक, निजी, र सहकारी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउने, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका विषयलाई प्राथमिकतामा पारिएको छ । यस्तै उद्योग तथा पर्यटन सम्बन्धी विभिन्न जातजातिहरुको ऐतिहासिक, सांस्कृतिक, धार्मिक पहिचानलाई महत्व दिइएको छ । शीत भण्डार र कृषि बजार कार्यक्रमलाई अगाडि ल्याइने आगामी नीति तथा कार्यक्रममा समेटिएको छ ।

यसैगरी भौतिक पूर्वाधारमा आगामी आर्थिक वर्ष १५ किलोमिटर सडक कालोपत्रे तथा ढलान गर्ने नीति तथा कार्यक्रममा अध्यक्ष थापाले उल्लेख गर्नुभएको छ । रोजगार सम्बन्धी वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वदेशमै सीप र क्षमताका आधारमा आयमूलक कार्यमा प्रेरित गरिने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गरेसँगै आगामी अर्थिक वर्षको बजेट असार १० गते प्रस्तुत गरिने अध्यक्ष थापाले जानकारी गराउनुभयो ।

ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण

२०८२ असार ३ गते, मंगलवार

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण

२०८२ असार ३ गते, मंगलवार

वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम

२०८२ असार ३ गते, मंगलवार

गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड

२०८२ असार ३ गते, मंगलवार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal