वालिङ नगरपालिकाद्वारा नीति तथा कार्यक्रमको विषयमा सरोकारवालाहरुसंग अन्तक्रिया


वालिङ,५ असार- वालिङ नगरपालिकाले आगामी वर्षको निति तथा कार्यक्रमको लागि यहाँका राजनीतिक दलहरुसंग अन्र्तक्रिया गरेको छ । नगरपालिकाले नीति तथा कार्यक्रमको विषयमा चरणबद्ध रुपमा सम्बद्ध संघ संस्था तथा निकायहरुसंग अन्र्तक्रिया तथा सुझाव संकलन गर्दै आएको छ ।
यसअघि नगरपालिकाले संचार माध्यम, पत्रकारहरुसंग समेत नीति तथा कार्यक्रमका विषयमा अन्र्तक्रिया गरेको थियो ।
कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा हरेक वर्गलाई समेट्दै नागरिकको जिवनमा परिर्वतन ल्याउने गरी नगरपालिका अगाडि बढेको बताउनुभयो । हरेक पक्षको सुझाव तथा प्रतिक्रियाको आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याईने भन्दै नगरबासीको हितलाई प्राथामिकतामा राखिने नगरप्रमुख खाँंणको भनाइ थियो ।
नगरउपप्रमुख कविता तिवारीले आगामी वर्षको नीति तथा कार्यक्रम समावेशी, सबै वर्ग समुदायलाई सम्बोधन हुने गरी ल्याईने बताउनुभयो । नगरपालिकाले चरणबद्ध रुपमा सबै पक्षसंग नीति तथा कार्यक्रमका विषयमा सुझाव संकलन र छलफल गर्दै आएको बताउदै अवको नीति कार्यक्रम र बजेट उत्कृष्ठ हुने दावी गर्नुभयो ।
नगरपालिका सभाहलमा आयोजित कार्यक्रममा नेपाली कांगे्रसका नगरसभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर सचिव यमकान्त खनाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्रप्रसाद गैह्रेले कृषि, पर्यटन, पुर्वाधार विकास, ग्रामिण सडकको स्तरोन्नति र बाँदर आतंकका विषयमा आ-आफ्ना सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।
यसैबीच उता उद्योग वाणिज्य संघले समेत नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल तथा अन्र्तक्रिया गरेको छ । उद्योग वाणिज्य संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी संघले यहाँका व्यापारी तथा व्यवसायीहरुसंग आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा प्रि बजेट अन्र्तक्रिया गरेको हो ।
कार्यक्रममा यहाँका व्यापारी तथा व्यवसायीहरुले ठेला व्यापारको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । ठेला व्यापारबाटै गुजारा गर्दै आएकाहरुको पहिचान गरी उनीहरुको उचित व्यवस्थापन गरी ठेला व्यवसाय हटाउनुपर्ने बक्ताहरुको भनाइ थियो । साथै घर भाडामा एकरुपता हुनुपर्ने भन्दै बाहिरका व्यापारीले यहाँ आएर सामान बेच्दा स्थानीय व्यापारी मर्कामा परेको गुनासो स्थानीय व्यापारीहरुले गरेका थिए । पछिल्लो समय आर्थिक मन्दिका कारण व्यापारी व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएको भन्दै यसप्रति नगरपालिकाले आगामी नीति तथा बजेटमा यस विषयलाई समेटेर लैजानुपर्ने समेत व्यापारी तथा व्यवसायीहरुले माग गरेकाछन् ।
स्थानीय स्तरमा उत्पादन भएका वस्तुको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने भन्दै हस्तकला, लघु तथा साना व्यवसायीहरुको हितमा समेत नगरपालिका गम्भीर हुनुपर्ने सहभागिहरुको भनाइ थियो ।
सुझावहरुको ग्रहण गर्दै नगरप्रमुख कृष्ण खाँणले निजि क्षेत्रको विकासमा नगरपालिका प्रतिवद्ध रहेको भन्दै यहाँका व्यापारी व्यवसायीहरुको समस्या र गुनासाहरुलाई नगरपालिकाले गम्भीरताका साथ लिएको बताउनुभयो । आगामी नीति तथा कार्यक्रममा व्यापार व्यवसायलाई चलायमान बनाउनका लागि निश्चित मापदण्डका साथ अगाडि बढ्ने नगरप्रमुख खाँणले बताउनुभयो ।
यहाँको व्यापार व्यवासय धरासयी हुँदा सिंगो नगरलाई असर गर्ने भएकाले व्यापार व्यवसायबाट भईरहेको पलायनलाई रोक्न कहाँ के गर्न सकिन्छ त्यसका लागि नगरपालिका प्रयासरत रहेको प्रमुख खाँणको भनाई छ ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी, वालिङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष शोभाकान्त पौडेल, संघका पुर्व अध्यक्ष पुण्यप्रसाद अर्याल, राजेन्द्र डुम्रे, शिवलाल डुम्रे, पुष्पा अर्याललगायतले बोल्नुभएको थियो ।

ताजा

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal