अटेरी गरी सडक पेटिमा राखिएका समान वालिङ नगरपालिकाले उठायो

वालिङ,४ असार- वालिङ नगरपालिकाले सडक पेटिमा राखिएका सामानहरु उठाउन शुरु गरेको छ । गत जेष्ठ ३० गते एक सूचना प्रकाशन गरी नगरपालिकाले बजार व्यवस्थापनका लागि भन्दै सडक पेटिमा सामान नराख्न व्यापारी तथा व्यवसायीलाई अनुरोध गरेको थियो ।
नगरपालिकाको अनुरोधलाई अटेरी गरी सडक पेटिमा राखिएका सामानहरु उठाईएकोे हो । सिद्धार्थ राजमार्ग तथा भित्रि सडकहरुमा सडकपेटि मिचेर राखिएका सामानहरु नगरपालिकाको टोलीले उठाएको हो ।
यस अघि सूचना मार्फत नगरपालिकाले आफ्नो सटर भन्दा बाहिर सामान नराख्न अनुरोध गर्दै एक हप्ताको समय दिईएको थियो । सूचना पश्चात नगरउपप्रमुख कविता तिवारीको संयोजकत्वमा आईतबार बजार अनुगमन गरी सडक पेटिमा सामानहरु नराखन समेत आग्रह गरिएको थियो ।
बजारको सौन्दर्यतालाई कायम राख्न तथा सडक पेटिमा सामान राख्दाबाट हुने दुर्घटना न्युनिकरणका लागि साथै पैदल यात्रुलाई मध्यनजर गरेर सडक पेटिमा समान नराख्न बजार अनुगमन गरी व्यापारी तथा व्यवसायीलाई आग्रह गरिएको थियो ।
उक्त आग्रहलाई अटेरी गर्नेहरुको सामान उठाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ । यसरी उठाईएका सामानहरु पहिलो पटकलाई जरिवाना तिरेर लैजान सकिनेछन भने यदि यस्तो कार्य फेरि दोहोरिएमा उक्त सामानहरु नगरपालिकाले जफत गर्ने समेत चेतावनी दिएको छ ।
ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार
प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
२०८१ फाल्गुन २८ गते, बुधबार
टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
२०८१ फाल्गुन २७ गते, मंगलवार
विद्यालय पुग्न ट्युबको सहारा
२०८१ फाल्गुन २७ गते, मंगलवार
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने
२०८१ फाल्गुन २२ गते, बिहीबार
संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
२०८१ फाल्गुन २२ गते, बिहीबार