अटेरी गरी सडक पेटिमा राखिएका समान वालिङ नगरपालिकाले उठायो


वालिङ,४ असार- वालिङ नगरपालिकाले सडक पेटिमा राखिएका सामानहरु उठाउन शुरु गरेको छ । गत जेष्ठ ३० गते एक सूचना प्रकाशन गरी नगरपालिकाले बजार व्यवस्थापनका लागि भन्दै सडक पेटिमा सामान नराख्न व्यापारी तथा व्यवसायीलाई अनुरोध गरेको थियो ।
नगरपालिकाको अनुरोधलाई अटेरी गरी सडक पेटिमा राखिएका सामानहरु उठाईएकोे हो । सिद्धार्थ राजमार्ग तथा भित्रि सडकहरुमा सडकपेटि मिचेर राखिएका सामानहरु नगरपालिकाको टोलीले उठाएको हो ।
यस अघि सूचना मार्फत नगरपालिकाले आफ्नो सटर भन्दा बाहिर सामान नराख्न अनुरोध गर्दै एक हप्ताको समय दिईएको थियो । सूचना पश्चात नगरउपप्रमुख कविता तिवारीको संयोजकत्वमा आईतबार बजार अनुगमन गरी सडक पेटिमा सामानहरु नराखन समेत आग्रह गरिएको थियो ।
बजारको सौन्दर्यतालाई कायम राख्न तथा सडक पेटिमा सामान राख्दाबाट हुने दुर्घटना न्युनिकरणका लागि साथै पैदल यात्रुलाई मध्यनजर गरेर सडक पेटिमा समान नराख्न बजार अनुगमन गरी व्यापारी तथा व्यवसायीलाई आग्रह गरिएको थियो ।
उक्त आग्रहलाई अटेरी गर्नेहरुको सामान उठाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ । यसरी उठाईएका सामानहरु पहिलो पटकलाई जरिवाना तिरेर लैजान सकिनेछन भने यदि यस्तो कार्य फेरि दोहोरिएमा उक्त सामानहरु नगरपालिकाले जफत गर्ने समेत चेतावनी दिएको छ ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal