वालिङमा बजार अनुगमन
वालिङ,३ असार- वालिङमा बजार अनुगमन गरिएको छ । नगरपालिकामा रहेको मुख्य बजारको आइतबार अनुगमन गरिएको हो ।
नगरपालिकाको वडा नम्बर ८,९ र १० को मुख्य बजार क्षेत्रमा नगर उपप्रमुख कविता तिवारीको संयोजकत्वमा इलाका प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय वालिङ, सशस्त्र प्रहरी बल ३० नंं गुल्म लगायतको सहभागितामा बजारको अनुगमन गरिएको हो ।
वालिङको मुख्य बजार क्षेत्रमा रहेका पसलहरुले सडक पेटीमा राखेका सामानहरुलाई व्यवस्थित रुपमा राख्न अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।
बजारको अनुगमन गर्ने क्रममा नगर उपप्रमुख तिवारीले बजारको सौन्दर्यता बचाइराख्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले व्यापारिक प्रयोजनको लागि राखिएका सामग्रीहरुको उचित व्यवस्थापन हुन नसक्दा बजार अव्यवस्थित बन्नुका साथै सौन्दर्यतामा कमी भएको गुनासो आएकोले नगरले योजना अनुरुप नै अनुमगन गरेको बताउनुभयो ।
उपप्रमुख तिवारीले पसलको सटर भन्दा वाहिर सामान राख्दा पैदल यात्रुलाई असहज हुनुका साथै सवारी आवागमनमा समस्या हुनेहुदा अव्यवस्थित रुपमा सामान नराख्न अनुरोध गर्नु भयो ।
अनुगमनको पहिलो चरणमा प्रत्येक पसलहरुमा पुगी व्यापारीहरुलाई सचेत गराईएको नगरपालिकाले जनाएको छ ।
अनुगमनको क्रममा नगरपालिकाले जारी गरेको बजार व्यवस्थापन सम्बन्धी सुचना अवज्ञा गरेको पाइएमा २० प्रतिशत जरिवाना गरिने तथा पटक पटक अवज्ञा गरिएको पाइएमा समान जफत गरिने पनि नगरपालिकाले जनाएको छ ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















