बाँदर आतंक व्यवस्थापन गर्न सरकार ऐन संसोधन गरेर अगाडि बढ्छ ः मन्त्री भुसाल


फाइल तस्विरः

वालिङ,३ असार- कृषि तथा पशुपंक्षी मन्त्री एवं नेकपा (एकिकृत) समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय गरी अगाडि बढेमा मात्रै विकास संभव रहेको बताउनुभएको छ ।
आइतबार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई स्याङ्जाको आयोजना तथा केराबारी कृषक समुह भीरकोट ५ को समन्वयमा आयोजित सुन्तला रोपन अभियानको सुभारम्भ गर्दै मन्त्री भुसालले स्थानीय तहले यहाँका संभावनाहरुको खोजी गरी गुरुयोजना तयार गरी प्रदेश तथा केन्द्र सरकारसंग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।
स्याङ्जा सुन्तला, कफि उत्पादनका दृष्टिले महत्वपूणर् जिल्ला भएकाले यहाँका अन्य संभावनाहरुकोे खोजी गरी ठुलो परिणाममा कृषि उत्पादन गरी निर्यात गरेमा स्याङ्जा नमुना जिल्ला बन्ने मन्त्री भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले देशव्यापी रुपमा बाँझो जग्गाको उपयोग गर्ने योजनाका साथ अगाडि बढेकाछौँ । बाँझो जग्गालाई चक्लाबन्दी गरी माटो तथा हावापानी सुहाउँदो खेति गरी उत्पादन बढाउने योजनाका साथ लागेकाछौँ ।’
बाँझो जग्गाको उपयोगका लागि सरकारले नीति तथा कार्यक्रम नै बनाएको भन्दै यस कार्यक्रमका लागि बजेट समेत छुट्याईएको मन्त्री भुसालको भनाइथियो । अहिले कृषि खेतिका लागि बाँदर आतंक चुनौतीका रुपमा रहेकाले यसको व्यवस्थापनमा सरकार ऐन संसोधन गरेर समेत अगाडि बढ्ने बताउनुभयो ।
बाँदर व्यवस्थापनका लागि विद्युतिय तारबार लगाउने बाँदर नर्मर्ने तर करेन्टको डरले भाग्ने, बाँदरको संख्या बृद्धि भईरहेकाले यसको न्युनिकरणका लागि समेत ऐन बाधक बनिरहेको भन्दै मन्त्री भुसालले कतिपय योजनाहरु ऐनका कारण गर्न नसकिएको बताउनुभयो । ऐन कानुन संसोधन गरेर भएपनि कृषि उत्पादनमा लाग्नुपर्ने भन्दै कृषि नै समृद्धिको आधार भएको मन्त्री भुसालको भनाइ छ ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal