फोहोर व्यवस्थापनका लागि डस्विन वितरण
वालिङ,२ असार- वालिङमा स्वास्थ्य प्रशिक्षण तथा डस्विन वितरण गरिएको छ । वालिङ नगरपालिका वडा नम्वर ८ स्थित भीमटारी सामुदायिक सिकाई केन्द्रले वडाका टोेल विकास संस्था तथा क्लबहरुलाई स्वास्थ्य प्रशिक्षण दिनुका साथै तथा डस्विन वितरण गरेको हो ।
कार्यक्रममा डस्विन वितरण गर्दै वालिङ नगरप्रमुख कृष्ण खाँणले परिवारका प्रत्येक सदस्यले आँफूले गरेको फोहर आँफै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । हामीले आँफूले गरेका फोहर अरुलाई सफा गर्न लगाएर होइन आँफैले व्यवस्थापन गरेर मात्र व्यवस्थित हुने बताउनुभयो । जबसम्म नगरवासी सचेत हुन सक्दैनन् तवसम्म सरसफाई हुन नसक्ने उहाँको भनाई थियो । सबैभन्दा पहिला हामी आँफै सचेत हुनुपर्छ त्यसपछि मात्र सरसफाई व्यवस्थापनमा सफलता मिल्ने नगरप्रमुख खाँणको भनाइ थियो ।
२०६७ सालदेखि सर्वदलीय संयन्त्रले सुरु गरेको वालिङको सरसफाई व्यवस्थापन कार्यक्रमले देश तथा विदेशमा चर्चा पाएको नगरप्रमुख खाँणले बताउनुभयो । मुलुक यो ठाउँसम्म आउनुमा महिलाहरुको अहम भूमिका छ । कतिपय पुरुषबाट विगारिएका कामहरु महिलाले सुधारेका उदाहरणहरु धेरै छन् । सरसफाई व्यवस्थापनमा पनि महिलाहरु धेरै अगाडि रहेको उहाँको भनाइ थियो ।
प्रत्येक टोलमा आमाहरुसँगै हामी सबै सरसफाईमा लाग्न भएमा सफलता मिल्ने बताउदै समाजसंगै सरसफाई व्यवस्थापनमा बालबालिकाहरुलाई सानैदेखि सिकायौं भने हाम्रो घर परिवार समाज सरसफाई हुने नगरप्रमुख खाँणले बताउनुभयो ।
कार्यक्रममा ३३ थान डस्विन वितरण गरिएको थियो । वडाका २५ टोल विकास संस्था र ८ क्लबलाई गरी ३३ वटा डस्विन वितरण गरिएको थियो ।
ताजा
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार
स्याङ्जामा सामाजिक सद्भाव र्याली
२०८३ श्रावण १७ गते, आईतवार





















