जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिने नगरप्रमुख खाँणको भनाई

वालिङ,१८जेठ- वालिङ नगरपालिका नगरप्रमुख कृष्ण खाँणले नगरपालिकाको विकासको लागि सञ्चार कर्मीहरु संग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ । नगरपालिकाले गत वर्ष गरेका कार्यहरुको समिक्षा एवं आगामी वर्षको नीति तथा कार्यक्रमका बारेमा सुझाव संकलनको क्रममा पत्रकाहरु संग गरिएको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
समग्र नगरको विकासका लागि सबै राजनीतिक दलका साथै यस क्षेत्रका बुद्धिजिवी एवं समाजसेवीहरु संग सहकार्य गरेर नगरपालिका अगाडि बढ्ने समेत बताउनुभएको छ ।
नगरपालिका नगरवासिको स्वास्थ्यका बारेमा सम्बेदनशिल रहको बताउदै जेष्ठ नागरिकहरुलाई घरघरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उहाँको भनाइ थियो । शिक्षाका क्षेत्रमा आमूल परिवर्तन ल्याउनुका साथै नगरबासीका अधिक्तम चाहानाहरु पुरा गर्नको लागि नगरपालिकाको सिंगो टिम एकजुट भएर लाग्ने समेत नगरप्रमुख खाँणले बताउनुभयो ।
सञ्चार कर्मीहरुले नागरिकका समस्याका साथै समग्र नगरको अवस्थाका बारेमा नजिकबाट जानकारी प्राप्त गर्ने भएकोले नगरभित्र भएका कमीकमजोरीका साथै राम्रा कामका बारेमा यथार्थ जानकारी आम नागरिकम पुर्याएर सहयोग गर्न समेत आग्रह गर्नुभयो । नगरप्रमुख कृष्ण खाँणले सञ्चार कर्मीहरु बाट आएका बिभिन्न विषयहरु निकै हत्वपूर्ण कुराहरुलाई मनन गरेर आगामी नीति तथा कार्यक्रममा समाबेस गर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले नगरपालिकाले नगरबासीहरुलाई सकेसम्म छिटो र सहज रुपमा सेवा प्रदान गर्दै आएको र केही कमीकमजोरीहरु भएको खण्डमा त्यसलाई सुधार गरेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हिमलाल पराजुली, प्रेस युनीयन स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला लगायतका सञ्चार कर्मीहरुले समग्र नगरको विकासका साथै सञ्चार क्षेत्रको विकासका बारेमा नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयका बारेमा आआफ्नो तर्फबाट सुझाव दिनुभएको थियो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal