बाघको आक्रमणमा परेर घाइते भएकी तुलसालाई आर्थिक सहयोग

वालिङ,१८जेठ- गत वर्ष बाघको आक्रमणमा परेर घाइते हुनुभएकी वालिङ नगरपालिका १४ काफ्लेटीकी तुलसा पराजुलीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
वालिङ नगरपालिका १२ धनमुडा स्थायी घर भएर रोजगारीको शिलसिलामा युएइमा (दुबै) रहेका युवायुवतीहरुले आर्थिक सहयोग जुटाएर तुलसाका श्रीमान चण्डीप्रसाद पराजुलीलाई घरमै पुगेर ४० हजार ४ सय रुपैँया हस्तान्तरण गरिएको वडा नम्बर १२ का वडा सदस्य धर्मागत पराजुलीले जानकारी दिनुभयो ।
टाउको र अनुहारमा गम्भीर चोट लागेर घाइते हुनुभएकी तुलसाको पोखरामा उपचार गरिएपनि हाल घाउँ बल्झिएपछि चितवनमा उपचार भइरहेको छ । आफ्नै घरमा बसिरहेको बेला घरमै आएर बाघले आक्रमण अगरेपछि उहाँ घाइते हुनुभएको थियो ।
लामो समय सम्म उपचार गराउदा आर्थिक संकट परेकोले उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग जुटाएर सहयोग स्वरुप संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal