बाघको आक्रमणमा परेर घाइते भएकी तुलसालाई आर्थिक सहयोग
वालिङ,१८जेठ- गत वर्ष बाघको आक्रमणमा परेर घाइते हुनुभएकी वालिङ नगरपालिका १४ काफ्लेटीकी तुलसा पराजुलीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
वालिङ नगरपालिका १२ धनमुडा स्थायी घर भएर रोजगारीको शिलसिलामा युएइमा (दुबै) रहेका युवायुवतीहरुले आर्थिक सहयोग जुटाएर तुलसाका श्रीमान चण्डीप्रसाद पराजुलीलाई घरमै पुगेर ४० हजार ४ सय रुपैँया हस्तान्तरण गरिएको वडा नम्बर १२ का वडा सदस्य धर्मागत पराजुलीले जानकारी दिनुभयो ।
टाउको र अनुहारमा गम्भीर चोट लागेर घाइते हुनुभएकी तुलसाको पोखरामा उपचार गरिएपनि हाल घाउँ बल्झिएपछि चितवनमा उपचार भइरहेको छ । आफ्नै घरमा बसिरहेको बेला घरमै आएर बाघले आक्रमण अगरेपछि उहाँ घाइते हुनुभएको थियो ।
लामो समय सम्म उपचार गराउदा आर्थिक संकट परेकोले उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग जुटाएर सहयोग स्वरुप संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।