फेदीदखोलामा असिनाले कृषिबाली नष्ट


कला राना
वालिङ,२१जेठ- फेदीखोलामा असिनाले क्षति गरेको छ । शुक्रबार दिउँसो परेको असिनाका कारण फेदीखोला गाउँपालिकाका केहि वडाहरुमा अन्नबालीका साथै तरकारी बाली र फलफुलमा क्षति पुगेको हो ।

असिना तथा हावाहुरीका कारण बतिला लागिरहेका सुन्तला, कागतीका बोटमा क्षति पुगेको छ भने फलिरहेका बेमौसमी तरकारी र लहरेबालीमा समेत क्षति भएको त्यहाँका कृषकहरुले बताएका छन् । त्यस्तै कफिखेति, मकैखेति लगायतमा क्षति पुगेको छ । फाल्गुनको अन्तिममा छरेको मकैले मुखैमा धानचमर लिएका बेला असिनाले चुटेपछि मकै उत्पादनमा क्षति पुगेको भन्दै कृषक चिन्तित बनेका छन् ।

फेदीखोला गाउँपालिका वडा नं. ४ अधिकांस भाग, १ का केहि भाग र २ मा असिनाले क्षति गरेको हो । वडा नं. ४ का कृषक शिवप्रसाद सुवेदीले सुन्तला, कागती खेति, नर्सरी र मकैबालीमा क्षति पुगेको बताउनुभयो । वडामा प्रतिव्यक्ति न्युनतम १ लाख देखि ४ लाख सम्मको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गाउँपालिकाका कृषि प्राविधिक समेत रहनुभएका सुवेदीका अनुसार धानचमर निकालेका मकैले उत्पादन दिन नसक्ने हुँदा कृषक मर्कामा परेका छन् । साना मकै फेरि आउन सक्ने भएपनि धानचमर निकालेका मकैमा असिनाले चुट्दा उत्पादन लिन सक्ने संभावना न्युन रहेको प्राविधिक सु्वेदीको भनाई छ ।

वडा नं. ४ का वडा अध्यक्ष ख्यामनारायण पौडेलका अनुसार वडामा ३ देखि ५ करोडसम्मको क्षति भएको छ । असिनापानीसंगै हावाहुरीका कारण, अन्नबाली, नगदेबाली, फलफुल, तरकारीमा क्षति पुगेको वडा अध्यक्ष पौडेलले बताउनुभयो । वडामा करिव ५ सय घरधुरीको कृषिबालीमा असिनाका कारण क्षति हुँदा उक्त क्षति भएको हो । वडामा ७० प्रतिशत कृषिबाली असिनाले नष्ट गरेको छ ।

त्यस्तै हावाहुरीका कारण, घरगोठका छानाहरुलाई समेत क्षति गरेको छ । वडामा कृषिबालीमा भएको क्षतिबारेमा स्थगगत अनुगमन भईरहेको भन्दै वडाको तथ्यांक संकलन गरी पालिका, कृषि ज्ञान केन्द्र तथा सम्बन्धीत संस्थाहरुमा कृषकको राहतका लागि रिर्पोट गरीने उहाँले बताउनुभयो । आर्थिक वर्षको अन्तिम समयमा यस्तो विपत्ति परेका कारण वडामा धेरै संख्यालाई दिन सक्ने राहत नभएको भन्दै पालिका तथा अन्य सम्बन्धीत कार्यालयहरुबाट कृषकलाई राहत जुटाउने वडा अध्यक्ष पौडेलको भनाई छ ।
शुक्रबार स्याङ्जाका कोहि भागमा पानी परेपनि पश्चिम क्षेत्रमा भने पानी नपर्दा कृषकहरु मर्कामा परेका छन् । पानी नपर्दा तापक्रम समेत बढेको र तरकारी तथा मकैबाली सुक्न थालेका छन् भने गर्मीले जनजिवन प्रभावित बनेको छ ।

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ फाल्गुन १ गते, बिहीबार

इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता

२०८१ माघ ३० गते, बुधबार

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

२०८१ माघ ३० गते, बुधबार

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

२०८१ माघ ३० गते, बुधबार

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२०८१ माघ २८ गते, सोमबार

शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया

२०८१ माघ २८ गते, सोमबार

कास्की कारागारमा पानीको समस्या

२०८१ माघ २८ गते, सोमबार

चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला

२०८१ माघ २८ गते, सोमबार

वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

२०८१ माघ २८ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal