राष्ट्रिय युवा संघद्वारा विरोध प्रदर्शन
वालिङ,१४ जेठ- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । नेपालमा हाल भैरहेको भ्रष्टाचार, अराजकता र वेथितिको विरुद्धमा युवा संघ स्याङ्जाले आइतबार वालिङमा र्यालीसहित विरोध प्रदर्शन गरेको हो ।
संघको नेतृत्वमा भ्रष्टाचार र वेथितिका विरुद्ध नारावाजीसहित भकुण्डेदेखि वालिङ बजार परिक्रमा गरेर वालिङको मुख्य चोक मोडमा आएर कोणसभामा परिणत भएको थियो ।
विरोध प्रदर्शनमा नक्कली शरणार्थी प्रकरणमा “दोषी कोही नउम्किउन, निर्दोश कोही नफसून्”, “ठूला माछालाई कार्यवाही गर”, “जलहरीको सुन पशुपतिमा छ, लुटेको सुन कहाँ छ ?” लगाएत लेखिएका प्लेकार्डसहित र्याली गरिएको थियो ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य सगुन रानाले भ्रष्टाचारी र वेथितिका नाइकेहरुलाई कार्यवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । जुनसकै पार्टीका किन नहोउन गल्ती गर्नेलाई छोड्न नहुने केन्द्रीय सदस्य रानाले औंल्याउनुभयो । सत्तापक्षले आफ्नालाई जोगाउने र अरुलाई फसाउने खेलखेलेमा त्यसको परिणाम राम्रो नहुने केन्द्रीय सदस्य रानाको चेतावनी छ ।

यस्तै राष्ट्रिय युवा सँघ नेपाल स्याङ्जाका अध्यक्ष पिताम्वर खनाल (शुशिल) ले गल्ती गर्ने आफ्नै पार्टी भित्रका भएपनि कार्यवाही हुनुपर्छ भन्ने मान्यतामा नेकपा एमाले भएको बताउनुभयो । एमालेवृत्तकै व्यक्ति समातिएका बेला प्रदर्शनमा उत्रिएको देखेर अनौठो मान्न नपर्ने अध्यक्ष खनालको भनाई छ । भ्रष्टाचार र वेथितिका विरुद्ध कफन बाँधेर सडकमा उत्रने र सुशासनका पक्षमा डटेर लाग्ने नेकपा एमाले भएकोमा स्पष्ट हुन अध्यक्ष खनालको आग्रह छ ।
संघको तर्फबाट हाल भैरहेको भ्रष्टाचार, अराजकता र वेथितिको विरुद्धमा जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आजै ज्ञापनपत्र बुझाएकोसमेत अध्यक्ष खनालले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालका साथै नेकपा एमाले सम्वद्ध नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















