संस्कृत भाषाकाे संरक्षणमा विश्व हिन्दु युवा संघ स्याङ्जा

वालिङ,१४ जेठ- विश्व हिन्दु युवा संघ स्याङ्जा द्वारा संस्कृत भाषाको महत्त्व, संरक्षण र प्रचारप्रसार सम्बन्धि अन्तरकृया एंव भित्ते पात्राे बिमोचन कार्यक्रम सम्पन्न भएको छ।

छाँयाछेत्र मन्दिर छाङ्छाङ्दीमा भएकाे भित्ते पात्राे बिमाेचन कार्यक्रमको अध्यक्षता बिश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नबराज पौडेलले गर्नुभएकाे थियाे। 

कार्यक्रममा प्रमुख अतिथि भीरकाेट नगरपालिकाका नगर प्रबक्ता दिपेन्द्र केसिले संस्कृत भाषाको ठूलो महत्त्व रहेको र यसको बारेमा बुझ्न अब ढिला गर्न नहुने कुरा बताउनुभयाे।केसिले भन्नुभयाे “संस्कृत भाषाकाे महत्व  बुझ्न नसक्दा नेपाल पछाडि पर्याे, अब यसका बारेमा सबैले बुझ्नुपर्छ।”

आफ्नो मौलिक परम्परा ,धर्म ,संस्कृतिको जगेर्ना गर्ने कार्यमा लागेर विश्व हिन्दु युवा संघ स्याङ्जाले उदाहरणिय कार्य गर्दै गरेकाे भन्दै युवाहरुकाे प्रशंसा समेत केसिले गर्नुभयाे। भित्ते पात्राे मार्फत हिन्दु धर्म, संस्कृति र परम्पराकाे प्रचारप्रसारमा सहयाेग पुग्ने विश्व हिन्दु युवा संघ स्याङ्जाले विश्वास लिएकाे छ।

कार्यक्रममा अध्यक्ष नबराज पौडेलले बिश्व हिन्दु युवा संघ स्याङ्जाले गरेका कार्यहरुको बारेमा जानकारी गराउदै संस्कृत भाषालाई हामीले पुजा पाठको रुपमा मात्रै नहेरीे बिज्ञान र धेरै कुराहरुको आविष्कार भएको कुरा संग जाेडेर हेर्नुपर्ने बताउनुभयाे। 

कार्यक्रममा बाेल्ने बक्ताहरुले सबै  सभ्यताको मुल विषय भनेको नै संस्कृत भएको र पुर्बिय दर्शनको आधारमा चल्नु पर्ने कुरामा जोड दिनु भएको थियो।

ताजा

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

२०८३ असार ३० गते, मंगलवार

मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस

२०८३ असार २९ गते, सोमबार

वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित

२०८३ असार २८ गते, आईतवार

श्रमजीवी पत्रकारको करार नतोड्न  नेपाल पत्रकार महासंघको आग्रह

२०८३ असार २६ गते, शुक्रबार

मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ

२०८३ असार २६ गते, शुक्रबार

विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

२०८३ असार २६ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal