आँधिखोला बहुप्राविधिक शिक्षालयमा सञ्चालित डकर्मी तालीम सम्पन्न

वालिङ,१५जेठ- वैदेशिक रोजगार बोर्डको सचिवालको आर्थिक सहयोग र आँधिखोला बहुप्राविधिक शिक्षालय वालिङ नगरपालिका १३ को आयोजनामा सञ्चालित एक महिने डकर्मी तालीमको सम्पन्न भएको छ ।

एक महिना सम्म सञ्चालन गरिएको तालीममा देशको बिभिन्न भागमा रहेका शसस्त्र प्रहरीको गुल्मबाट २० जना सुरक्षा कर्मीको सहभागिता रहेको थियो ।

तालीम समापनको अवसरमा बोल्दै गण्डकी प्रदेश शसस्त्र प्रहरी बल प्रमुख कालिदास धौवजीले तालीममा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान आग्रह गर्दै तालीमले मानिसलाई सैद्धान्तिक ज्ञानका साथै ब्यवहारी कुराहरु समेत जान्ने मौका प्रदान गरेकोले यसको राम्रो संग उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

आँधिखोला बहुप्राविधिक शिक्षालयका प्रमुख भुमहेश्वर रंजितकारले तालीममा सिकेका कुराहरुलाई आ-आफ्नो कार्यक्षेत्रमा गएर प्रयोगमा ल्याउने कुराको अपेक्षा राख्दै लामो समय सम्म तालीमा सहभागि भएकोमा धन्यवाद दिनुभएको थियो ।
तालीम समापन समारोहमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालीममा ईन्जिनियर गणेश तिमिल्सिना, कृष्ण गैह्रे र सन्तोष पौडेले प्रशिक्षण दिनुभएको थियो भने तालीममा प्रशिक्षार्थीको रुपमा शसस्त्र प्रहरीका २० जना सुरक्षा कर्मीको सहभागिता रहेको थियो ।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal