वालिङ नगरपालिकाबाटै श्रम स्वीकृती
वालिङ,२५ वैशाख- वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूले स्थानीय तहबाटबाटै श्रम स्वीकृती तथा पुनः श्रम स्वीकृती सम्बन्धि सेवा प्रवाह हुने व्यवस्था भए सँगै स्थानीय तहहरूले श्रम स्वीकृती दिन थालेकाछन् ।
अबदेखि सेवाग्रहिहरुले वालिङ नगरपालिकाबाटै श्रम स्वीकृती प्राप्त गर्ने भएकाछन् । सोमबार वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिका १३ का सुरज श्रेष्ठ पुन लाई श्रम स्वीकृती प्रदान गरेर सेवाको शुभारम्भ गर्नुभएको हो ।
वैदेशिक रोजगारीमा साउदी अरब जान लागेका श्रेष्ठलाई पालिकाबाटै पहिलो श्रम स्वीकृती सेवा प्रदान गरिएको रोजगार संयोजक पवन वस्यालले जानकारी दिनुभयो ।
यस अघि श्रम स्वीकृती लिनको लागि वैदेशिक रोजगार विभाग वा प्रदेश स्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो । तर श्रम स्विकृतीका लागि अनलाइन प्रणालीको सुरूवात भए संगै स्थानीय तहबाट यसै वर्षको वैशाख १ गतेदेखि सो सुविधा प्राप्त हुन थालेको हो।

श्रम स्वीकृती लिनको लागि राहदानी, एक प्रती पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल आइडी र सम्पर्क नम्बर, रोजगारदाताले दिएको सम्झौता पत्र, भिजाको प्रतिलिपी सहित स्थानीय तहको रोजगार सेवा केन्द्र निशुल्क अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक वस्यालले जानकारी दिनुभयो ।
वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकम बापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतीको प्रक्रिया अगाडि बढ्ने र श्रम स्वीकृती पत्र अनलाइनबाटै प्राप्त गर्नसकिन्छ । आवेदन स्वीकृत भएको वा आवश्यक विवरणहरू अपुग भएको जानकारी पनि अनलाइन मार्फत नै सम्बन्धित सेवाग्रहिले प्राप्त गर्न सक्छ्न् । श्रम स्वीकृती सम्बन्धमा थप जानकारी स्थानीय तहको रोजागार सेवाकेन्द्रबाट समेत लिन सकिने ब्यवस्था मिलाइएको छ ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















