पत्रकार राेशन लामिछानेलाई पितृ शाेक


वालिङ,३० वैशाख- पत्रकार रोशन लामिछानेलाई पितृ शोक परेको छ । प्रेस चाैतारी गण्डकी प्रदेश सदस्य एवं कान्तिपुर टेलिभिजन स्याङ्जा समाचार दाता समेत रहनुभएका राेशन लामिछानेका बुबा झलकनारायण लामिछानेको ६१ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उहाकाे निधन प्रति दुख व्याक्त गर्दै प्रेस चाैतारी गण्डकी प्रदेश कमिटीका महासचिव आश गुरुङले एक शाेक वक्तवय जारी गर्दै मर्माहत भएकाे साे वक्तव्यमा जनाइएकाे छ।
पुतलीबजार नगरपालिका ११ मा स्थायी घर हुनुभएका झलकनारायण लामिछाने सामाजिक क्षेत्रमा सकृय रहदै आउनु भएकाे थियाे। उहाँ अचानक बिरामी परेपछि पोखरामा उपचार भईरहेको थियो ।
स्वर्गीय लामिछानेका श्रीमती, दुई छोरा र एक छोरी रहेकाछन् ।
स्वर्गीय लामिछानेको पार्थिव शरीरको आज राम्दीमा अन्तिम दाहा संस्कार गरिएको छ ।
यसैबीच पत्रकार महासंघका सदस्य समेत रहेका क्रियाशिल पत्रकार रोशन लामिछानेको बुवाको निधन प्रति विभिन्न संघ संस्थाले समवेदना प्रकट गरेकाछन् ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले शोक वक्तव्य जारी गर्दै स्वर्गीय झलकनारायणको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा भावपूर्ण श्रद्धान्जली प्रकट गर्नु भएको छ । यसैगरी प्रेस चाैतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर,जनजाती पत्रकार महासंघ फोनिज लगायतले पनि समवेदना प्रकट गरेकाछन् । पत्रकार महासंघ स्याङ्जाले अन्तिम संस्कारका क्रममा राम्दीमा श्रद्धान्जली सभा समेत गरेको छ ।

ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण

२०८२ असार ३ गते, मंगलवार

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण

२०८२ असार ३ गते, मंगलवार

वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम

२०८२ असार ३ गते, मंगलवार

गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड

२०८२ असार ३ गते, मंगलवार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal