पत्रकार राेशन लामिछानेलाई पितृ शाेक


वालिङ,३० वैशाख- पत्रकार रोशन लामिछानेलाई पितृ शोक परेको छ । प्रेस चाैतारी गण्डकी प्रदेश सदस्य एवं कान्तिपुर टेलिभिजन स्याङ्जा समाचार दाता समेत रहनुभएका राेशन लामिछानेका बुबा झलकनारायण लामिछानेको ६१ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उहाकाे निधन प्रति दुख व्याक्त गर्दै प्रेस चाैतारी गण्डकी प्रदेश कमिटीका महासचिव आश गुरुङले एक शाेक वक्तवय जारी गर्दै मर्माहत भएकाे साे वक्तव्यमा जनाइएकाे छ।
पुतलीबजार नगरपालिका ११ मा स्थायी घर हुनुभएका झलकनारायण लामिछाने सामाजिक क्षेत्रमा सकृय रहदै आउनु भएकाे थियाे। उहाँ अचानक बिरामी परेपछि पोखरामा उपचार भईरहेको थियो ।
स्वर्गीय लामिछानेका श्रीमती, दुई छोरा र एक छोरी रहेकाछन् ।
स्वर्गीय लामिछानेको पार्थिव शरीरको आज राम्दीमा अन्तिम दाहा संस्कार गरिएको छ ।
यसैबीच पत्रकार महासंघका सदस्य समेत रहेका क्रियाशिल पत्रकार रोशन लामिछानेको बुवाको निधन प्रति विभिन्न संघ संस्थाले समवेदना प्रकट गरेकाछन् ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले शोक वक्तव्य जारी गर्दै स्वर्गीय झलकनारायणको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा भावपूर्ण श्रद्धान्जली प्रकट गर्नु भएको छ । यसैगरी प्रेस चाैतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर,जनजाती पत्रकार महासंघ फोनिज लगायतले पनि समवेदना प्रकट गरेकाछन् । पत्रकार महासंघ स्याङ्जाले अन्तिम संस्कारका क्रममा राम्दीमा श्रद्धान्जली सभा समेत गरेको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal