हरिनासमा पशु स्वास्थ्य शिविर सम्पन्न

वालिङ,२२ वैशाख- हरिनास गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । हरिनास गाउँपालिकाको वडा नम्वर ६, दग्दीमा शुक्रबार एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्ट्क एसोसियसन (नेभ्ला) जिल्ला कार्य समितिको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष इन्द्राकुमारी थापा रानाले मानिसको जस्तै पशुको पनि बेला बेलामा स्वास्थ्य परीक्षण गर्न आवस्यक रहेको बताउनुभयो । दूध तथा मासुका लागि पालिदै आएको पशुहरु स्वस्थ भए हाम्रो स्वास्थ्यमा पनि लाभ हुने उपाध्यक्ष रानाले उल्लेख गर्नुभयो ।
पशुहरुले खान खाए नखाएको, उनिहरुको चालचलन र दैनिकीका बारेमा ध्यान दिन सकियो भने स्वास्थ्य समस्याका बारेमा ध्यान दिन उहाँको सुझाव छ । उहाँले यदि पशुहरुमा सधैंजसो भन्दा फरकपन वा असहजता भएको देखिएमा नजिकको पशु चिकित्सकसँग परामर्श गरी उपचार गर्न आग्रह गर्नुभयो ।

शिविरमा २ सय ३२ जना किसानका ४ सय ७६ पशुहरुको उपचार गरिएको थियो । गाई, भैसी, बाख्रा, कुकुर, बिराले तथा कुखुरालगायत पशुपंक्षीको गोबर एवं स्वास्थ्य परीक्षण गरिएको थियो । गोबर जाच, दूध परीक्षण, पशुु उपचार सेवा, बम्ध्याकरण , रेबिज खोप तथा पसु पालन सम्बन्धी आवस्यक परामर्श दिइएको थियो । १५ जना प्राविधिकले शिविरमा सेवा प्रदान गरेका थिए । प्राविधिकहरुका अनुसार गोबर परीक्षण गर्दा अधिकांसमा नाम्ले तथा पारामफिस्टोम ( गहते किरा) को प्रकोप देखिएको थियो ।,
शिविर वडा कार्यालयको व्यवस्थापनमा सम्पन्न गरिएको हो ।
ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट
२०८१ फाल्गुन १ गते, बिहीबार
इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता
२०८१ माघ ३० गते, बुधबार
पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ
२०८१ माघ ३० गते, बुधबार
गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता
२०८१ माघ ३० गते, बुधबार
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
२०८१ माघ २८ गते, सोमबार
शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया
२०८१ माघ २८ गते, सोमबार
कास्की कारागारमा पानीको समस्या
२०८१ माघ २८ गते, सोमबार
चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला
२०८१ माघ २८ गते, सोमबार