हरिनासमा पशु स्वास्थ्य शिविर सम्पन्न


वालिङ,२२ वैशाख- हरिनास गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । हरिनास गाउँपालिकाको वडा नम्वर ६, दग्दीमा शुक्रबार एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्ट्क एसोसियसन (नेभ्ला) जिल्ला कार्य समितिको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष इन्द्राकुमारी थापा रानाले मानिसको जस्तै पशुको पनि बेला बेलामा स्वास्थ्य परीक्षण गर्न आवस्यक रहेको बताउनुभयो । दूध तथा मासुका लागि पालिदै आएको पशुहरु स्वस्थ भए हाम्रो स्वास्थ्यमा पनि लाभ हुने उपाध्यक्ष रानाले उल्लेख गर्नुभयो ।
पशुहरुले खान खाए नखाएको, उनिहरुको चालचलन र दैनिकीका बारेमा ध्यान दिन सकियो भने स्वास्थ्य समस्याका बारेमा ध्यान दिन उहाँको सुझाव छ । उहाँले यदि पशुहरुमा सधैंजसो भन्दा फरकपन वा असहजता भएको देखिएमा नजिकको पशु चिकित्सकसँग परामर्श गरी उपचार गर्न आग्रह गर्नुभयो ।


शिविरमा २ सय ३२ जना किसानका ४ सय ७६ पशुहरुको उपचार गरिएको थियो । गाई, भैसी, बाख्रा, कुकुर, बिराले तथा कुखुरालगायत पशुपंक्षीको गोबर एवं स्वास्थ्य परीक्षण गरिएको थियो । गोबर जाच, दूध परीक्षण, पशुु उपचार सेवा, बम्ध्याकरण , रेबिज खोप तथा पसु पालन सम्बन्धी आवस्यक परामर्श दिइएको थियो । १५ जना प्राविधिकले शिविरमा सेवा प्रदान गरेका थिए । प्राविधिकहरुका अनुसार गोबर परीक्षण गर्दा अधिकांसमा नाम्ले तथा पारामफिस्टोम ( गहते किरा) को प्रकोप देखिएको थियो ।,
शिविर वडा कार्यालयको व्यवस्थापनमा सम्पन्न गरिएको हो ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal