शसस्त्र प्रहरी गुल्म वालिङमै रहनुपर्नेमा सरोकारवालाको जोड


वालिङ,२६ माघ- वालिङ नगरपालिकामा बिहीबार भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले शसस्त्र प्रहरी गुल्म वालिङमै राख्नुपर्नेमा जोड दिएका छन् ।

वालिङ नगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले शसस्त्र प्रहरी गुल्म वालिङमै राख्नुपर्नेमा बताएकाहुन । सुरक्षाको दृष्टिकोणले शसस्त्र प्रहरीको गुल्म वालिङमा अपरिहार्य रहेको बताएका हुन् । शसस्त्र प्रहरी बल ३० नम्बर गुल्म वालिङ नगरपालिका ८ स्थित घ्याङलिङमा विगत २२ वर्षदेखि अस्थाई रुपमा रहँदै आएकोमा जग्गाको व्यवस्थापन गरी गुल्मलाई स्थायी रुपमा स्थापना गर्नको लागि नगरपालिकाले सरोकारवालाहरु संग अन्तरक्रियाको आयोजना गरेको हो ।
विगत २२ वर्षदेखि शसस्त्र प्रहरी पूणर्ामृत भवानी माविको स्वामित्वमा रहेको जग्गामा बस्दै आएको छ । सो अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश सांसददेखि स्थानीय जनप्रतिनिधि लगायत सबै सरोकारवालाहरुले शसस्त्र प्रहरी गुल्मलाई वालिङमै राख्नुपर्ने बताएकाहुन् ।

कार्यक्रमा गण्डकी प्रदेश सांसद सरस्वती अर्यालले वालिङ बजारदेखि केही माथि घ्याङलिङमा रहेको शसस्त्र गुल्म अन्य सुरक्षाको हिसाबले समेत उक्त स्थान महत्वपुणर् रहेको भन्दै गुल्मलाई यथास्थानमै स्थायी रुपमा राख्नुपर्नेमा जोड दिनुभएको हो । गण्डकी प्रदेश निर्वतमान सांसद मोहन रेग्मीले वालिङमा बढिरहेको जनघनत्व तथा यहाँको दिर्घकालिन विकास र समृद्धिका लागि शसस्त्र प्रहरी गुल्म वालिङमै रहनुपर्ने बताउनुभयो । शसस्त्र प्रहरी बलका कारण पनि वालिङ बासीले सुरक्षित महसुस गरेको बताउँदै गुल्म स्थायी रुपमा व्यवस्थापन गर्नका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले वालिङ नगरभित्रको शान्ति सुरक्षा संगै विपत्को समयमा पनि ठुलो सहयोग भइरहेको र अस्थायी रुपमा लामो समयसम्म रहदा भौतिक संरचनाको निर्माण गर्न असहज भएकोले तीन महिना भित्र जग्गाको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा शसस्त्र प्रहरी गुल्म घ्याङलिङका प्रमुख राजनलाल श्रेष्ठले २०५८ सालमा बेस क्याम्पमा रहेको शसस्त्र बोर्स अहिले २०७५ सालबाट १६० जनाको दरबन्दीमा स्थायी शसस्त्र प्रहरी गुल्म ३० नम्बरमा सञ्चालित रहेको र जग्गा स्थायी नहुँदा भौतिक संचरना निर्माणका साथै अन्य समस्याहरु भोग्नुपरेको बताउनुभयो ।

पूणर्ामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले यसअघिको कुनै पनि विद्यालय व्यवस्थापन समितिले शसस्त्र प्रहरी गुल्म रहेको जग्गा स्थायी रुपमा दिने निणर्य नगरेको प्रस्ट विद्यालयले आफ्नो जग्गालाई आम्दानीको स्रोत बनाउन खोजेको र २०७५ सालमा वालिङ नगरकार्यपालिका बैठकले शसस्त्र प्रहरी बल रहेको जग्गा दिने निणर्य गरेको तर विद्यालयले स्वीकार नगरेको जानकारी दिनुभयो ।

विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकसहित १ हजार ५० जनाले हस्ताक्षर गरी विद्यालयको जग्गा विद्यालयले नै प्रयोजनमा ल्याउनुपर्ने माग समेत गरेका थिए । उक्त विषयमा सर्वोच्च अदालतमा मुद्धा समेत परेको र आदालतले विद्यालयको स्वामित्वमा रहेको जग्गा विसुद्ध शैक्षिक प्रयोजनमा बाहेक अन्य प्रयोजनमा लगाउन नपाईने फैसला समेत गरेको विद्यालयका प्रधानाध्यापक अर्यालले बताउनुभयो ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal