रामपुर अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना

रामपुर,२८ माघ– रामपुर अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले उद्घाटन भएको हो । केन्द्रको उद्घाटन गर्दै प्रदेशसभा सदस्य श्रेष्ठले पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका नागरिकहरु समेत यस कार्यबाट लाभाम्वित हुने बताउनुभयो ।
कालीगण्डकी करिडोर सङ्ग जाडिएको यसक्षेत्रकै ठुलो अस्पतालको रुपमा विकाश गर्नका निम्ति तीन तहका सरकारको समन्वय आवश्यक रहेकोे श्रेष्ठले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारको सहयोगमा संचालन भएको ५० शैयाको निर्माणाधीन अस्पतालको सेवा प्रवाहलाई चुस्त दुरुस्त पार्न स्थानीय सरकारले निगरानी गर्नुपर्ने उँहाको भनाइ थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले अस्पतालमा आधारित लैङ्गकि हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्रबाट हुने काम, सेवाबारे जानकारी दिदै स्थापनासङ्गै अस्पतालको केन्द्र मै पुगेर प्रहरीले उजुरी बुझ्ने प्रावधान, नमुना संकलन, प्रमाण पेशदेखि मनो परामर्श सेवा समेत दिनपर्ने बताउनभयो ।
ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम
२०८२ असार ३ गते, मंगलवार
गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड
२०८२ असार ३ गते, मंगलवार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार