सिर्सेकोटको छापमा जीप दुर्घटना हुदा एक घाईते


वालिङ,२३ माघ– वालिङ नगरपालिका १२ छापमा जीप दुर्घटना हुँदा एक जना घाईते भएका छन् । सिर्सेकोट बायाँटारी ग्रामीण सडक खण्डको छापमा आज दिउँसो लु १ ज २५३६ नम्बरको जीप दुर्घटना हुदा वालिङ नगरपालिका १२ छाप बस्ने ३४ वर्षीय विजय गोतामे घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

अकलादेवी मन्दिरको दर्शन गरेर फर्किदै गरेको जीप अनियन्त्रित हुदा दुर्घटनामा परेको हो । जीपमा चालक सहित ५ जना सवार रहेको र अन्य यात्रुहरु सामान्य रहेपनि टाउको र अनुहारमा चोट लागेर घाईते भएका गोतामेलाई वालिङ प्राथमिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
जीपमा सवार अन्य यात्रुहरुलाई केही नभएको र जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ फाल्गुन १ गते, बिहीबार

इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता

२०८१ माघ ३० गते, बुधबार

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

२०८१ माघ ३० गते, बुधबार

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

२०८१ माघ ३० गते, बुधबार

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२०८१ माघ २८ गते, सोमबार

शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया

२०८१ माघ २८ गते, सोमबार

कास्की कारागारमा पानीको समस्या

२०८१ माघ २८ गते, सोमबार

चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला

२०८१ माघ २८ गते, सोमबार

वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

२०८१ माघ २८ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal