वालिङ गोल्डकप राष्ट्रिय फुटवलमा अफ्रिकाको एभिनिर क्यामरुन विजयी
बुधबार विभागीय क्लव एपि एफ र आयोजक निलो भिड्ने
गोपाल जिटी
वालिङ,३ माघ- वालिङमा जारी पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगितामा पहिलो राउण्डका खेल सकिएकाछन् ।
आठ टीमको सहभागिता रहेको प्रतियोगिताको पहिलो राउण्डको खेल मङ्गलबार सकिएको हो । वालिङ युनाइटेड क्लवद्वारा आयोजित पहिलो राष्ट्रिय फुटवल प्रतियोेगितामा बुधबारदेखि दोस्रो राउण्डमा समिफाइनलका खेलहरु हुनेछन् ।
मङ्गलबार भएको खेलमा अफ्रिकि मुलुक क्यामरुनको एभिनिर फुटवल क्लव विजयी भएको छ । एभिनिरले विभागीय क्लव नेपाल आर्मीलाई एक का विरुद्ध तीन गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको २१ औं मिनेटमा क्यामरुनका एव्डेलले हेड मार्फत सुरुवाती गोल गरे । यस्तै २६ औं मिनेटमा क्यामरुनकै टिम्वा टिम्वाले गोललाई दोव्वर पारे ।
खेलको सुरुदेखि नै दवावमा परेको आर्मीका लागि दिनेश योन्जनले ४२ औं मिनेटमा फ्रिकिक मार्फत सानदार गोल फर्काए । यसपछि अझ शसक्त पारेर खेलेपनि आर्मीले गोल थप्न सकेन । पहिलो हाफमा थप गरिएको ३ मिनेटमा क्यामरुनका आनिसेले पेनाल्टी मार्फत गोल गरेर खेललाई तीन एकमा पुर्याए ।

दोस्रो हाफमा नेपाल आर्मीले खेल सुधार्दै कडा टक्करमा उत्रेको थियो । तर गोल थप्न नसक्दा क्यामरुनसँग तीन एक को हार बेहोर्न बाध्य भयो । अब सेमिफाइनलका खेल अन्तर्गत बुधबार आयोजक निलो र विभागीय टीम शसस्त्र प्रहरीको एपि एफका बीच प्रतिस्पर्धा हुनेछ । आज विजयी टीम क्यामरुनसँग आयोजक रातोले ५ गते विहिबार प्रतिस्पर्धा गर्नेछ ।
पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुस ३० गतेदेखि सुरु भएको पहिलो वालिङ गोल्ड कप माघ ७ गते सम्पन्न गरिने छ ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















