वालिङ गोल्डकप राष्ट्रिय फुटवलमा आयोजक निलो विजयी


गोपाल जिटी
वालिङ,२ माघ- वालिङमा जारी पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगितामा आयोजक वालिङ युनाइटेड क्लव निलो विजयी भएको छ ।

सोमबार भएको खेलमा वालिङ युनाइटेड निलोले साहरा फुटवल क्लव पोखरालाई शुन्यका विरुद्ध एक गोल गर्दै विजयी भएको हो । अत्यन्त प्रतिस्पर्धात्मकरुपमा खेलेका दुवै टीमको पहिलो हाफमा कनै गोल हुन सकेन । दोस्रो हाफको ११ औं मिनेटमा आयोजक निलोका टीकराज गुरुङ गोल गर्न सफल भए ।

विश्वास श्रेष्ठको पासलाई सदुपयोग गर्दै गुरुङ गोल गर्न सफल भएका हुन् । यसपछि कुनैपनि गोल हुन नसकेपछि यो गोल नै आयोजक निलोका लागि निणर्ायक बन्यो ।
पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवलमा मङ्गलबार विभागीय टीम नेपाल आर्मी र अफ्रिकी मुलुक क्यामरुनको एभिनिर एफसिका बीच दिउसो साढे एक बजेहुने छ । माघ ४ गतेदेखि प्रतियोगितामा सहभागी ८ टीम मध्ये पहिलो राउण्डका विजेता ४ टीमका खेल सुरु हुने छ ।

दोस्रो राउण्डमा माघ ४ गते बुधबार आयोजक निलो र विभागीय टीम एपिएफका बीच प्रतिस्पर्धा हुनेछ । यसैगरी मङ्गलबार विजेता हुने टीमसँग उद्घाटन खेलकोे विजेता आयोजक रातोले ५ गते विहिबार प्रतिस्पर्धा हुनेछ ।

पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्यारापिटको व्यवस्था गरिएको हुँदा र राष्ट्रियस्तरको फुटवल प्रतियोगिता आफ्नै खेलमैदानमा हेर्न पाइने भएपछि वालिङ आसपासका दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको छ ।
पुस ३० गतेदेखि सुरु भएको पहिलो वालिङ गोल्ड कप माघ ७ गते सम्पन्न गरिने छ ।

ताजा

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal