विरोध र्यालीसहित ज्ञापनपत्र हस्तान्तरण
गोपाल जिटी
वालिङ,२६ मङ्सिर- स्याङ्जाका निजी व्यावसायीहरुले बैंक वित्तीय समस्या समाधानार्थ शान्तिपूर्ण विरोध र्यालीसहित ज्ञापनपत्र बुझाएको छ । वालिङ उद्योग वाणिज्य संघको अगुवाईमा सोमबार वालिङ बजार परिक्रमा गरी वित्तीय समस्या समाधानार्थ शान्तिपूर्ण विरोध र्यालीसहित इलाका प्रशासन कार्यालय वालिङमा ज्ञापनपत्र बुझाएको हो ।
नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, काठ्माडौंका लागि इलाका प्रशासन कार्यालय वालिङमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलको नेतृत्वमा शान्तिपूर्ण विरोध र्यालीसहित ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा भनिएको छ—नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीति र सो लाई समर्थन सहयोग हुने गरी आएका नेपाल राष्ट्र बैंकका निर्देशनहरु तथा चालु पूँजी कर्जा मार्गदर्शन २०७९ का प्रावधानप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । स्याङ्जा जिल्लाका ५ वटा उद्योग वाणिज्य संघहरुको संयुक्त साझा धारणा एवम् मागहरु तत्काल सम्बोधन गर्नका लागि ज्ञापनपत्रमा अनुरोध गरिएको छ ।
वित्तीय संस्थाहरुको आधार दरमा वृद्धि र प्रिमियममा समेत वृद्धि गर्दा कोभिड महामारी र त्यसपछिका विविध वित्तीय क्षेत्र असन्तुलनका कारण उद्योगी ब्यवसायीहरु मर्माहत भएका छन् । हाल स्वदेशी उद्योगहरुको उत्पादन लागत वृद्धिहुँदा प्रतिस्पर्धी क्षमतामा ह्रास हुनगई उद्योगहरुको उत्पादन ५० प्रतिशतसम्म झरेको र धेरै उद्योगी ब्यवसायीहरु विस्थापित भएका ज्ञापनपत्रमा भनिएको छ ।
अर्थतन्त्रमा नकारात्मक असर पार्ने ब्याजदर बढाउने निर्णय तत्काल स्थगन गर्दै लगानीयोग्य पूँजीको शीघ्र ब्यवस्थापनको जोडदार माग गरिएको छ ।
यसैगरी चालु पूँजी प्रयोजनको प्राविधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तिमा ४ वर्षको अनुमानित वित्तीय विवरण र ३ बर्षको लेखापरीक्षण भएको विवरणको विश्लेषण गरिनुपर्ने सम्बन्धमा मार्गदर्शन गरिएको ब्यवस्था संशोधन गरी २ बर्षको अनुमानित वित्तीय विवरण र १ वर्षको लेखापरीक्षण विवरणको ब्यवस्था गरिनुपर्ने सुझावसहित १० बुँदे ज्ञापनपत्र बुझाइएको हो ।
कार्यक्रममा वालिङस्थित उद्योगी, व्यावसायीलगायत जिल्लाका विभिन्न निजी संघ संस्थामा आवद्ध व्यक्तिहरु र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
वालिङ उद्योग वाणिज्य संघ अन्तर्गत ऋण उपभोक्ता समस्या सहजिकरण समितिले कार्यक्रमको आयोजना गरेको हो ।
ताजा
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन
२०८३ जेष्ठ १५ गते, शुक्रबार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार





















