प्रेस चौतारी पाल्पाको बैठक सम्पन्न


पाल्पा,२७ मङ्सिर- प्रेस चौतारी नेपाल पाल्पा शाखाको घुम्ती बैठक सम्पन्न भएको छ । बैठक साेमबार रम्भा गाउँपालिका १ हुंगीको रम्भा रिसोर्टमा बसेको हो ।

बैठकले गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रेस चौतारी नेपाल पाल्पाको भूमिका, प्रचार प्रसार र मिडिया परिचालनका विषयमा समीक्षा गरिएको सचिव नारायण न्यौपानेले जानारी दिनुभयाे । यसका साथै बैठकले संगठनको कार्यसमिति सदस्य दयाराज न्यौपाने र सन्तोष बस्याललाई सचिवालय सदस्यमा मनोनित गरेको छ । यसैगरी आगामी माघ २२ गते संगठनको केन्द्रीय स्थापना दिवसका दिन साधारण सभा गर्ने जसका लागि लेखापरीक्षण लगायतका कामहरु गर्ने निर्णय गरेको सचिव न्यौपानेले जानकारी दिनुभयाे।

बैठकले संगठनमा विभिन्न व्यक्तित्वहरुले स्थापना गरेको अक्षयकोषबाट पुरस्कार वितरण कार्यलाई व्यवस्थित गर्नका लागि कार्यविधिको मस्यौदा छलफलका लागि प्रस्तुत गरिएको थियो । यसका साथै पाल्पा जिल्लामा नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर विजयी प्राप्त गरेको स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र संघीय सांसदहरु सहितको राजनीतिक जीवनी समेटनेगरी सूर्यध्वजावाहक लिडर २०७९ प्रकाशनका लागि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय प्रकाशन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले आगामी तीन वर्षका लागि नविकरण शुल्क निर्धारण गर्नुका साथै ६० वर्ष माथीका चौतारीमा आवद्ध सदस्यहरुको नविकरण शुल्क छुट गर्ने निर्णय समेत गरिएको सचिव न्यौपानेले बताउनुभयाे ।

बैठकमा नेकपा एमाले पाल्पाका उपाध्यक्ष देवीलाला लामिछानेले पछिल्लो समय प्रेस चौतारी पाल्पाको क्रियाशीलता प्रति खुलेर प्रशंसा गर्नुभयो । उहाँले निर्वाचनका समयमा चौतारीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । पार्टी र जनवर्गीय संगठनको समन्वयात्मक सहकार्य हुनुपर्ने बताउदै उपाध्यक्ष लामिछानेले पार्टी सोही अनुसार अगाडि बढेको जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपाल का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सेनाले प्रगतिशील पत्रकारहरुको संगठन चौतारीले पाल्पाली पत्रकारितामा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । प्रेस चौतारीका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन विश्वकर्माले संगठन संस्थागत बन्दै विस्तारै आफना गतिविधिलाई तिव्रता दिएको बताउनुभयो । बैठकमा प्रदेश सदस्य रामप्रसाद न्यौपाने,नेपाल पत्रकार महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिना,बगनासकाली पत्रकार समूहका अध्यक्ष दिपक ढुंगाना,पूर्व उपाध्यक्ष बासुदेव ढकाललगायतले शुभकामना व्यक्त गर्नुभयो । बैठक संगठनका उपाध्यक्ष बन्दना पोखरेलको स्वागत,सचिव नारायण न्यौपानेको संचालन र अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

ताजा

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….

२०८३ श्रावण ११ गते, सोमबार

आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै

२०८३ श्रावण ९ गते, शनिबार

अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म

२०८३ श्रावण ८ गते, शुक्रबार

धुर्कोट ग्रेटवाल निर्माण

२०८३ श्रावण ६ गते, बुधबार

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

२०८३ श्रावण ६ गते, बुधबार

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८३ श्रावण ५ गते, मंगलवार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal