विश्वकप प्रसारणको कानुनी बाटो खुल्यो

काठमाडौँ,१ मङ्सिर–

नेपालमा विश्वकप फुटबल प्रसारणको कानुनी बाटो खुलेको छ। अतिरिक्त शुल्क लिएर  खेलको प्रसारण गर्न लागेको भन्दै दायर रिटको अल्पकालीन आदेशलाई अदालतले निरन्तरता नदिएपछि कानुनी बाटो खुलेको हो। 

कतारमा हुने विश्वकपको प्रत्यक्ष प्रसारणको ‘एक्सक्लुसिभ राइट’ यो पटक मेडिया हबले पाएको छ। मिडिया हबले प्रसारणका लागि हिमालय टेलिभिजन नेटवर्कको हिमालय प्रिमियमसँग सम्झौता गरेको छ। अदालतले अन्तरिम आदेश खारेज गरेपछि विश्वकपको नयाँ प्याकेजको शुल्क पाँच सय भने कायम हुने भएको छ। यसमा कर लागू हुनेछ। 

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो। अदालतले अधिकार प्राप्त निकायबाट प्रसारणलगायतका सम्पूर्ण प्रक्रिया पूरा गरेको देखिएको भन्दै यसअघिको आदेश खारेज गरेको हो। 

आदेशमा भनिएको छ, “प्रचलित कानुनबमोजिम स्वीकृति लिई तथा नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी दिन प्रचलित विनिमय दरमा सटही सुविधा प्रदान भई प्रसारण गर्न खोजेको वल्र्ड कप फुटबल २०२२ मा निवेदकले माग गरेका अन्य विषयवस्तु विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भई प्रस्तुत निवेदनको अन्तिम टुङ्गो लाग्दाका बखत प्रत्येक पहुलमा विचार भई निरूपण हुने नै हुँदा सुविधा सन्तुलनको दृष्टिकोणले हालको प्रारम्भिक अवस्थामै यस अदालतबाट जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न नमिली अन्तरिम आदेश जारी गर्न मिलेन।”

यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कात्तिक २२ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशविरुद्ध विपक्षीमध्ये मिडिया हबले अन्तरिम खारेजीको माग गर्दै निवेदन दिएको थियो। उक्त निवेदन तीन पटक पेसीमा चढे पनि सुनुवाइ भएको थिएन। बुधबार सर्वोच्चले यसअघिको आदेशलाई खारेज गरेसँगै विश्वकप प्रसारणको बाटो खुलेको हो।गोप

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal