समाज परिवर्तनका लागि मेरो उम्मेद्वारी ः डा. बुद्धिमान श्रेष्ठ
वालिङ,१ मङ्सिर– नेकपा एमालेका नेता एवं निर्वाचन क्षेत्र नम्बर २ ख प्रदेश सभा सदस्यका उम्मेदवार डा बुद्धिमान श्रेष्ठले समाज परिवर्तन र रुपान्तरणका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ ।
क्षेत्र नम्बर २ प्रदेश सभा ख का मतदाताहरु संगको भेटघाटमा डा. श्रेष्ठले सो कुरा बताउनुभएको हो । पेशाले दन्त चिकित्सक समेत रहनुभएका एमाले नेता श्रेष्ठले आफु संग भएको खुवी र क्षमतालाई समाज परिवर्तको लागि योगदान पुर्याउने उद्देश्यले प्रदेश सभा सदस्यको रुपमा निर्वाचनमा उम्मेद्वार बनेकोले सम्पूर्ण मतदाताहरुलाई नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न आग्रह गर्नुभयो ।
बिभिन्न माध्यमबाट सामाजिक क्षेत्रमा सक्रिय रहदै आउनभएका डा. श्रेष्ठले विकास र समृद्धिको लागि नीति निर्माणको तहमा पुग्नुपर्ने देखिएकोले आफु समाज र यस क्षेत्रले जितेको महसुस गर्न सक्ने बनाउनको लागि उम्मेद्वारी दिएर जनताको माझ्मा आएको बताउनुभयो ।
यस क्षेत्रको कृषि, पर्यटन, सडक, खानेपानीका साथै शिक्षा स्वास्थ्य र अन्य विकास निर्माणका कामहरुलाई जनचाहना अनुसार पुरा गर्नको लागि प्रतिबद्ध रहेको बताउदै यही मसिङ्र ४ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरेर आफुलाई विजयी गराउन आम मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरु संगको भेटघाटमा उम्मेद्वार श्रेष्लेठले देश विकासको योजना र खाका एमाले संग मात्रै भएकोले यहि मङ्सिर ४ गते हुन गहिरहेको निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरेर नेकपा एमालेलाई विजयी गराउन आग्रह गर्नुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















