स्याङ्जाली जनताको विकासको चाहान पुरा गर्न एमाले उम्मेद्वारको विजयी आवश्क ः मरासिनी


वालिङ,१ मङ्सिर– नेकपा एमालेका नेता एवं निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण मरासिनीले स्याङ्जाको समग्र विकासको लागि नेकपा एमालेको जित आवश्यक रहेको बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरु संगको भेटघाटमा उम्मेद्वार मरासिनीले देश विकासको योजना र खाका एमाले संग मात्रै भएकोले यहि मङ्सिर ४ गते हुन गहिरहेको निर्वाचनको नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरेर नेकपा एमालेलाई विजयी गराउन आग्रह गर्नुभयो ।

शिक्षा क्षेत्र संगै राजनीतिमा लामो अनुभव बटुल्नुभएका मरासिनी आफु विजयी हुनेमा ठुक्क रहेको बताउदै एमाले सरकारका पालामा सुरुभएका योजनाहरु गठबन्धन सरकारले कटौती गरेको र ति योजना र जनताको विकासको चाहानालाई साकार पार्न पनि निर्वाचनमा होमिएको बताउनुभयो ।

मरासिनीले भन्नुभयो, “गठबन्धन सरकारले देशमा लुटतन्त्र मच्चायो, अहिले महंगीले आकाश छुन लागि सक्यो, यो गठबन्धनको ध्यान त्यता पुगेको छैन केवल सत्ता स्वार्थमा मात्रै केन्द्रीत भएको छ । त्यसैले अहिलेका सचेत जनताले मतदानका माध्यामबाट पाखा लगाउनुपर्छ ।”

गठबन्धनले देशको अर्थन्त्रलाई धोम्स पारेको बताउदै देशको अर्थतन्त्रलाई सहिबाटो ल्याउन पनि एमालेको जित आवश्यक रहेको मरासिनीको भनाइ थियो ।
जिल्लाको पर्यटनका साथै युवा रोजगारी र सडक, खानेपानी, कृषि लगायतका क्षेत्रमा धेरै काम गर्न बाकी रहेको र त्यो काम मङ्सिर ४ गते पछि बन्ने एमालेको सरकारले पुरा गर्ने बताउदै ठुक्क भएर सूर्य चिन्हमा मतदान गर्न मरासिनीले आग्रह गर्नुभयो ।

यसै गरी प्रदेश सभा सदस्य क का उम्मेदवार सिता कुमारी सुन्दासले स्थानीय सरकार र केन्द्र सरकार संग समन्वय गरेर सुखि नेपाली समृद्ध नेपाल भन्ने नारालाई सार्थक बनाउन पनि एमालेको बिजयी आवश्क रहेको बताउदै सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
आफुहरुले जनताका समस्या नजिकबाट बुजेको र समस्या समाधानको लागि प्रतिबद्ध भएर लाग्ने सुन्दासले बताउनुभयो ।
प्रदेश सभा ख बाट उम्मेद्वार बन्नुभएका सुधिर पौडेलले गण्डकी प्रदेशमा एमाले नेत्रृत्वले गरेका विकास निर्माणका कामहरुलाई सार्थकतामा पर्याउन आफुले उम्मेदवारी दिएको र जनताले एमालेको सूर्य चिन्हमा मतदान गरेर विजयी गराउनेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो ।

एमाले सधै जनताको साथमा रहेकोले गठबन्धनले एमालेको विजयी यात्रालाई रोक्न नसक्ने समेत बताउनुभयो ।
आफु गाउँपालिका प्रमुखको रुपमा रहेर जनताहरुको इच्छा चाहानालाई नजिकबाट बुझ्ने अवसर पाएकोले जनताहरुको विकास प्रतिको चाहानालाई सम्बोधन गर्न आफु प्रदेश सभा सदस्यको उम्मेद्वार बनेको बताउनुभयो ।

कृषका समस्या समाधानका साथै युवाहरुलाई आफ्नै गाउँठाउमा काम गर्ने अवसर सिर्जना गर्नको लागि पनि नेकपा एमालेका उम्मेद्वारहरुलाई विजयी बनाएर एमालेको नेत्रृत्वमा सरकार बन्नुपर्ने पौडेलले बताउनुभयो ।

जनताले एमाले प्रति विश्वास गरेर दिएको मतको सदुपयोग गरेर समृद्ध स्याङ्जा निर्माण गर्न एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न आग्रह गर्नुभयो ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal