इँटा उद्योग कामदारको राष्ट्रिय सम्मेलन सौराहामा


चितवन (सौराहा),३१ असोज– चितवनको सौराहामा इँटा उद्योग कामदार समितिको राष्ट्रिय सम्मेलन सुरु भएको छ । आइतबारदेखि सुरु भएको सम्मेलनको सोमबार उद्घाटन गरिएको छ ।

सम्मेलनको आयोजक संस्था ग्लोबल फेयरनेश इनिसियटिभ काठमाडौँकाअनुसार सम्मेलनमा ४० उद्योगमा कार्यरत विभिन्न १८ जिल्लाका १०८ जनाको सहभागिता रहेको छ । ‘कामदारमैत्री उद्योग, उद्योगमैत्री स्थानीय शासन र नीति’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलन कात्तिक २ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका राष्ट्रिय निर्देशक सुरेश पण्डितले जानकारी दिनुभयो ।

ग्लोबल फेयरनेश इनिसियटिभले सन् २०१४ देखि ‘बेटर ब्रिक नेपाल’ परियोजना सञ्चालन गरेर इँटा उद्योगमा काम गर्ने कामदारहरुको श्रमसँग सम्बन्धित विभिन्न पाँच वटा मुद्दाहरुमा काम गर्दै आएको पण्डितले बताउनुभयो । कामदारको श्रमसँग सम्बन्धित मुद्दालाई सम्बोधन गर्दै इँटा उद्योगको रुपान्तरण, बालश्रम निषेध, श्रमिकको बालबालिकाको शिक्षा, बाध्यात्मक श्रम निषेध तथा कामदार र उद्योगीको व्यवहारसहितका मुद्दाहरुमा काम गर्दै आइरहेको पण्डितको भनाइ छ । इँटा उद्योगको गुणस्तरमा विकास, धुवाँ उत्सर्जनको नियन्त्रणमा टेवा पु¥याउन प्रदूषण मापन तथा मापदण्ड भित्र राख्न लगाउने, रोजगारदाता र श्रमिकको सम्बन्ध सुधारमा काम गर्ने सरकारी ऐनको कार्यान्वयन र पालना गराउने लगायतका विषयमा ग्लोबल फेयरनेश इनिसियटिभले काम गर्दै आएको छ ।

नेपालमा हाल एक हजार २९६ भन्दा बढी इँटा उद्योगहरु कानुनी रुपमा सञ्चालनमा छन् । परियोजना आगामी जुन २०२३ सम्म सञ्चालन हुने भन्दै पण्डितले अहिलेसम्म संस्थाको तर्फबाट धेरै कामहरु गरिएको बताउनुभयो । इँटा उद्योगको श्रमिकहरुको राष्ट्रिय सरोकार परिषद् निर्माण गरिएको, इँटा उद्योग सञ्जाल गठन भएको त्यस्तै, इँटा उद्योगको अुनगमन र निर्देशन गर्दै समस्याहरु राष्ट्रिय स्तरमा लैजाने र समाधान गर्ने काम भइरहेको पण्डितको भनाइ छ ।

परियोजना सञ्चालनमा आएपछि उद्योगहरुमा ३४ वटा इसीइसी केन्द्र सञ्चालन गरेर दुई हजार ९२३ जना तीन वर्षमुनिका बालबालिकालाई अध्ययन गराएको, हालसम्म एक हजार ८२९ जना बालबालिकालाई विद्यालय पठाएको पण्डितले बताउनुभयो । त्यस्तै, १५६ वटा बालश्रम मुद्दा समाधान गरिएको, २३ हजार १३८ जना कामदारलाई गुणस्तर तथा श्रम विषयमा तालिम प्रदान गरिएको पण्डितको भनाइ छ ।

संस्थाका कारण उद्योगीहरुलाई धेरै सहज भएको जैसवाल इँटा उद्योग सञ्चालक पवनकुमार मिश्रले बताउनुभयो । उद्योगले गर्नुपर्ने धेरै कामहरु संस्थाले गरिदिएको भन्दै मजदुर र उद्योगीको बीचमा सम्बन्ध सुधार भएको मिश्रको भनाइ छ । ग्लोबल फेयरनेश इनिसियटिभले परियोजना लागू गरेपछि उद्योगमा काम गर्ने कामदारका बालबालिकाले शिक्षादीक्षा पाएका, बाध्यात्मक श्रम घटेको, कामअनुसारको उचित ज्याला पाएको, काम गर्ने समय निश्चित भएको मिश्रले बताउनुभयो ।

अहिले इँटा उद्योगमा काम गर्ने मजदुरका बालबालिकाहरु बाध्यात्मक श्रमबाट मुक्त हुँदै उचित शिक्षा लिने अवस्थामा पुगेका छन् । सम्मेलनको उद्घाटन सत्रमा श्रम रोजगार तथा सुरक्षा मन्त्रालय अन्तर्गतको दिगो विकास लक्ष्य कार्यक्रमकी नुतन शर्माले देशभरका एक हजार २०० इँटा उद्योगमा दुई लाख बढी कामदार कार्यरत रहेकोमा त्यहाँ ३० हजार बालबालिका रहेको बताउनुभयो । जोखिमपूर्ण क्षेत्रको रुपमा इँटा उद्योग रहेको भन्दै यसमा सरकारले विशेष निगरानी बढाउनुपर्ने शर्माको भनाइ छ ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ चितवनकी अध्यक्ष पार्वती घिमिरेले इँटा उद्योगहरुले सरकारका नीति, नियम पूर्णरुपमा पालना गर्नुपर्ने बताउनुभयो । उद्योगी र श्रमिकबीच सम्बन्ध विस्तार गर्दै जानुपर्ने भन्दै घिमिरेले सरकारले गर्ने काममा गैरसरकारी संस्थाहरु समन्वय गर्नु अत्यन्त राम्रो भएको बताउनुभयो । उद्योगमा काम गर्ने कामदारका बालबालिकाहरुको अवस्था दयनीय हुने भएकाले उनीहरुको अधिकारका बारेमा सबै सचेत हुनुपर्नेमा घिमिरेले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश सदस्य कृष्णचन्द्र पाण्डे, आईजीडीएन तनहुँका अध्यक्ष कमलहरि जिसी, ईएसडीओ कपिलबस्तुका सदस्य विष्णु अर्याललगायतले मन्तव्य राख्नुभएको थियो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal