पछिल्लो चरणमा राजनैतिक संस्कार हराउदै गयो ः एमाले सचिव अर्याल

मोहन सुनार

वालिङ,३१ असोज– नेकपा एमाले सचिव पद्मा कुमारी अर्यालले चुनाव जित्नुमात्र निर्वाचनको सार्थकता नभएको बताउनुभएको छ ।
नेकपा एमाले वालिङ नगर कमिटीले सोमबार वालिङमा आयोजना गरेको बृहत युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार समेत बन्नुभएकी नेतृृ अर्यालले चुनावले नागरिकको समस्या समाधान गर्न सक्ने नेतृत्व चयन गर्न सक्नुपर्ने बताउनुभएको हो । पछिल्लो चरणमा राजनैतिक संस्कार हराउदै गएकोमा चिन्ता व्यक्त गर्दै नेतृ अर्यालले नेता र नेतृत्वले नागरिकको समृद्धिको लागि काम गर्नुपर्ने बताउनुभयो ।

चुनाव लक्षित विषयमा बोल्दै सचिब अर्यालले न्यायलयको सहारामा बनेको सरकारले दुई वर्षमा गरेको कुनै एउटै मात्र पनि नागरिकको लागि गरेको काम कुन छ ? प्रश्न गर्नुभयो । परमादेशको सरकारले नागरिकतालाई किराना पसलमा पाइने सामान जसरी बेच्न लागेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

स्याङ्जाको बिकासको लागि एमालेको कार्यकालमा छ अर्ब रुपैयाको बजेट बिनियोजन गरेको स्मरण गर्दै उहाँले अझै पनि बिपक्षीले एमालेले केही गरेन भन्ने लज्जास्पद टिप्पणी गरेको उल्लेख बताउनुभयो । आफुले नेपालको अतिक्रमित भुमिलाई नक्सामा समेटेर गरिमा वृद्धि गरेकोप्रती गर्व गरेर सबैको मिलेमतोमा देश बचाउन लाग्नुपर्नेमा देशको स्वाभिमानमा आँच आउने गरी सामाजिक सञ्जालमा नक्साप्रति अशोभनिय बिचार छरपस्ट पारेकोमा आपत्ती जनाउनुभयो ।

एमालेको काम र जनताप्रतिको अटुट बिस्वास देखेर न्यायालयलाई कब्जामा पारेर सरकार बनाए पनि गठबन्धनको सरकारले महङ्गी वृद्धि, सिमा विवाद बल्झाउने, नागरिकलाई आर्थिक भार बोकाउने लगायतका जनविरोधी काममात्र गरेको ठोकुवा गर्नुभयो । भौतिक निर्माण मात्र विकासको आधार नभएको उल्लेख गर्दै उहाँले युवाहरुलाई रोजगार,नागरिकका आधारभुत आवश्यकताहरुको सहज र सर्वसुलभ उपलब्धता, शिक्षा,स्वास्थ्य लगायतको प्रत्याभूति गराउन एमालेले नयाँ योजना बनाएको उल्लेख गर्नुभयो ।

गठबन्धनले आफ्ना कुनै योजना नभएकोले एमालेका गतिविधिहरुलाई निगरानी गर्दै गलत व्याख्या गरेको सचिव अर्यालको आरोप छ । सचिव अर्यालले एमालेको सरकारले गरेका समृद्धिका कामहरु नागरिक माझ जानू आवश्यक रहेको उल्लेख गर्नुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal