युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

वालिाङ,२५ असोज– युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’को लोकार्पण गरिएको छ।

वालिङ उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बिच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेले कृतिको लोकार्पण गर्नुभएको हो । खनालको निर्बन्ध–आख्यान कृति ‘वेध’ नेपाली साहित्यको क्षेत्रमा एउँटा महत्वपूर्ण कृतिको रुपमा आएकोमा आफुलाई निकै खुसिलागेको कुलपति न्यौपानेको भनाई थियो । उहाँले कृति ‘वेध’ पढ्न् पर्ने र गर्भ गर्न लायक भएको बताउनुभयो ।

साहित्य, कला र भाषाको संरक्षण गर्ने अभियानमा गण्डीक प्रज्ञा प्रतिष्ठान योजना बनाएर अगाडी बढेको बताउदै साहित्यकार एवं स्रष्टाको संरक्षणमा सहयोग गर्ने समेत कुलपति न्यौपानेले बताउनुभयो । उहाँले गण्डकी प्रज्ञा प्रतिष्ठान शुद्ध लेख्नु पर्छ र बोल्नुपर्छ भन्ने अभियानमा रहेको समेत बताउनुभयो । साहित्यकार सह-प्राध्यापक कृष्णप्रसाद पौडेल, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख डा. टंक पन्त, समालोचक एवं स्रष्टा डा.शंकर प्रसाद गैह्रे, वालिङ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष राजु कुँवर (बोधराज), रणविर मावि खहरेका प्रअ लक्ष्मी रेग्मी, पुस्तकका लेखक वसन्त खानाल, रेडियो आँधीखोलाका अध्यक्ष शान्ता थापा, युवा साहित्यकार मिलन समीर, सागर खनाल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा अग्रज साहित्यकार एवं स्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम वैकल्पिक बाछो पृथक पाइला सिर्जनात्मक अधियान स्याङ्जाको आयोजना, साकिरा प्रतिष्ठान वालिङको व्यवस्थापन र वालिङ नगरपालिकाको सहयोगमा सम्पन्न भएको थियो ।

ताजा

प्रेस स्वतन्त्रता कायम गर्न पत्रकारको माग

२०८३ मंसिर ९ गते, बुधबार

प्रेस स्वतन्त्रता कायम गर्न पत्रकारको माग

२०८३ मंसिर ९ गते, बुधबार

आज हरिबोधिनी एकादशी

२०८३ मंसिर ४ गते, शुक्रबार

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२०८३ कार्तिक २५ गते, बुधबार

तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह

२०८३ कार्तिक २० गते, शुक्रबार

राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद

२०८३ कार्तिक २० गते, शुक्रबार

तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण

२०८३ कार्तिक १९ गते, बिहीबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ६ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ४ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ४ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक २ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal