धुर्कोट ग्रेटवाल निर्माण

गुल्मी,६ साउन- गुल्मीको धुर्कोट गाउँपालिकाले एक किलोमिटर लामो धुर्कोट ग्रेटवाल निर्माण गरेको छ । धुर्कोट गाउँपालिका–६, धुर्कोट रजस्थलको ऐतिहासिक कोत र बुढीकोट जोड्ने गरेर धुर्कोट ग्रेटवाल निर्माण गरिएको हो । अग्लो डाँडो र चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने भएकाले धुर्कोट ग्रेटवाल पर्यटकीय आकर्षणका रूपमा विकास भएको छ । 

धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले पर्यटकलाई कम्तीमा दुई दिन घुमेर धुर्कोटमा बास बस्ने बनाउन गाउँपालिकाले पर्यटकीय संरचनाहरूको निर्माण गरिरहेको बताउनुभयो । उहाँले ऐतिहासिक धुर्कोट कोत र सङ्ग्रहालय, विचित्र गुफा, बुढीकोट ग्रेटवाल, सहिद पार्क र झल्याकोटको एकीकृत विकासमा आफूहरूको जोड रहेको बताउनुभयो । 

धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईले तीन करोड १३ लाख ६८ हजार ६२१ रुपियाँको लागतमा ऐतिहासिक धुर्कोट कोट क्षेत्र पूर्वाधार निर्माण तथा धुर्कोट ग्रेटवाल निर्माण गरिएको जानकारी दिनुभयो । बुढीकोट क्षेत्रमा आकर्षक ग्रेटवालसहित विशाल शिवको मूर्ति, सिद्धको मन्दिर र वनभोजका लागि आवश्यक केही संरचना निर्माण गरिएको छ । गाउँपालिकाले ग्रेटवालको दायाँबायाँ र बुढीकोट क्षेत्रलाई पर्यावरणीय हिसाबले अझ आकर्षक बनाउन अमला, टिमुर, तेजपत्ता, धुपी, कल्की, कपुर, अम्बा, बेलपत्र, असारे फूल, बर, पिपल, कटहरलगायतका प्रजातिका दुई हजार बिरुवा रोपिएको दावी गरिएको छ ।गोप

ताजा

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal