आफ्नो पक्षमा मत पार्न पृथक प्रचार शैली अपनाउँदै प्रत्याशी

काठमाडौँ,९ फागुन- प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवार पनि प्रचारप्रसारमा व्यस्त छन् ।

मत आफ्नो पक्षमा पार्न उनीहरू सबै आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेका छन् । यसले गाउँघरमा चुनावी चहलपहल बढेको छ ।उम्मेदवारका प्रचार शैली पनि पृथक छन् । 

प्रत्यक्ष भेट वा चिनजान नै नभएका केही प्रत्याशी मतादाताका खेतबारी जोत्न, मल बोक्न, सागसब्जी केलाउनेदेखि बिरामी बोक्नेसम्मका काममा सक्रिय भएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएका छन् ।

उम्मेदवारहरुले आआफ्नो परिचय दिने क्रममा पहिले पनि भेटेको, ‘फलाना’को नाताको मान्छे हुँ भनेर मत मागिरहेको सामाजिक सञ्जालमा हामी सबैले देखेका छौँ ।प्रत्याशीहरूले मुलुकको राजनीतिक अवस्था र आगामी मार्गचित्रबारे जनतालाई बुझाउँदै निर्वाचित आफू निर्वाचित भएमा मतदाताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलगायत उम्मेदवारले मतदाताको विश्वास जित्न अपनाएको फरक शैली र अभिव्यक्तिलाई धेरै राजनीतिक विश्लेषकहरूले बहसको विषय बनाएका छन् ।

पूर्वपत्रकार ऋषि धमला, पूर्वमन्त्री महावीर पुन, एमाले नेता सूर्यबहादुर थापा, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, राप्रपाका ज्ञानबहादुर शाहीलगायत उम्मेदवार फरक शैलीको प्रचारका कारण चर्चामा हुनुहुन्छ ।

कतिपय उम्मेदवार मतदातासँग  साक्षात्कारमा छन् भने केही उम्मेदवारले सामाजिक सञ्जाललाई प्रचारको मुख्य माध्यम बनाएका छन् ।विसं २०७९ को निर्वाचनबाट प्रमुख दलका रुपमा उदाएका नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले देशका विभिन्न स्थानमा आमसभा  गरिरहेका छन् ।

पत्रकार राजेन्द्र दाहाल प्रविधिका कारण उम्मेदवारहरु मतदातामाझ सहजै पुगिरहेका बताउनुहुन्छ । “समाजको प्रवृत्तिलाई प्रविधिले विस्तार गरिदिएको मात्रै हो । लक्ष्य उही हो, मतदाताको भोट सङ्कलन गर्ने”, उहाँ भन्नुहुन्छ ।

यही फागुन २१ गते १६५ स्थानका लागि हुने निर्वाचनमा  तीन हजार ४०६ उम्मेदवार प्रत्याशी भएका छन् । यो निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले भोट हाल्ने अपेक्षा निर्वाचन आयोगले गरेको छ । यसका लागि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण भएका छन् ।

पूर्वप्रशासक देवकुमारी गुरागाईं सभ्य ढङ्गले प्रचार गर्नुपर्नेमा जोड दिनुहुन्छ । “लोकप्रिय हुने नाममा अहिले अपनाइएका प्रचारका शैली परिपक्वताको कमी देखिएको समाजले महसुस गरिरहेको छ”, उहाँ भन्नुहुन्छ, “सरल, शान्त र कूटनीतिक शैलीबाट मतदाताको विश्वास जित्न सकिन्छ ।”

आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)का महासचिव कृष्णमान प्रधान प्रचार र शैली मतदातालाई स्वच्छ मतदानका लागि नभई ‘अल्मल्याउने’ खालको भएको टिप्पणी गर्नुहुन्छ । “मतदातालाई अन्योलमा पार्न हुँदैन, उम्मेदवारले मतदातालाई आफ्नो मार्गचित्र देखाउन सक्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।रासस

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal