वालिङमा एउटै मञ्चमा उम्मेदवार
वालिङमा एउटै मञ्चमा उम्मेदवार,मतदाताको प्रश्न,उम्मेदवाकाे जवाफ
वालिङ,१६ माघ- वालिङमा मतदाता र उम्मेदवार बिच सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको छ । अकला आवाज साप्ताहिकको आयोजनामा शुक्रबार वालिङ उद्योग वाणिज्य संघको सभाहलमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न राजनितिक दलकाे तर्फबाट उम्मेद्वार बन्नुभएका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरु र मतदाताबिच सार्वजनिक बहस गरिएको हो ।
कार्यक्रममा उम्मेदवारहरुले आ-आफ्ना आफ्ना ऐजेण्डा सहितकाे प्रतिवद्धता ब्याक्त गर्नुभएकाे थियाे भने कार्यक्रममा सहभागी मतदाताहरुले विकास शुसान र नागरिक सरोकारका विषयमा प्रश्न गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका उम्मेदवार खिम बहादुर थापा, रास्वपाका उम्मेदवार झविलाल डुम्रे, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पदमबहादुर वि.क राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन पाठक, राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैह्रे, जय मातृभूमी पार्टिका धनबहादुर थापा र नेशनल रिपब्लिक नेपाल पार्टीका तेजबहादुर थापाले आफ्नाे भनाइ राख्नुभएकाे थियाे भने नेपाली कांग्रेसकाे तर्फबाट उम्मेद्वार बन्नुभएका भागवतप्रकाश मल्ल बहस कार्यक्रममा उपस्थित हुनुभएन।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता भएसंगै स्याङ्जामा चुनावी सरगर्मी बढेकोछ उम्मेदवारहरु मतदाता भेटघाटमा ब्यस्त देखिन्छन्। चुनावी सरगर्मी बढिरहेकाे बेला अकला आवाज सात्पताहिकले राखेकाे बहस कार्यक्रममा उम्मेदवारहरुले आफ्ना चुनावी एजेण्डा जनतामाझ पुर्याउने एउटा माध्यमका रुपमा प्रयाेग गरेका छन्।
स्याङ्जाका मतदाताले उम्मेदवारसंग गरेका अपेक्षा र उम्मेदवारहरुले आम नागरिक तथा समग्र स्याङ्जाको विकासका लागि बनाएका ऐजेण्डाका बारेमा सार्वजनिक बहस गर्न यो साझा मञ्च उपलब्ध गराईएको अकला आवाजका अध्यक्ष एवं प्रधानसम्पादक प्रकाश डुम्रेले बताउनुभयो । चुनावी माहोलमा सबै उम्मेदवारलाई मतदाता प्रति गम्भीर र जिम्मेवार बन्न कार्यक्रम आयोजना गरिएको डुम्रेको भनाइ थियोे ।
कार्यक्रममा पत्रकार द्वय हिमलाल पराजुली र केपी खनालले सहजीकरण गर्नुभएको थियोे । अकला आवाज साप्तहिकका अध्यक्ष तथा प्रधान सम्पादक डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अकला आवाजका प्रबन्धक ध्रुव गौडेलले र स्वागत कार्यक्रम संयोजक आयुष्मा काफ्लेले गर्नुभएको थियो ।

ताजा
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित
२०८३ जेष्ठ २४ गते, आईतवार
भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता
२०८३ जेष्ठ १९ गते, मंगलवार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन
२०८३ जेष्ठ १५ गते, शुक्रबार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार





















