स्याङ्जाकाे दुई निर्वाचन क्षेत्रमा २८ जनाले गरे उम्मेद्वारी दर्ता

वालिङ,६ माघ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्याङ्जामा विभिन्न पार्टी र स्वतन्त्र गरी  २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नं. १ मा १३     र क्षेत्र नं. २ मा १५ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् ।

क्षेत्र नं. १ मा २ स्वतन्त्र र ११ जना विभिन्न पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नं. १ मा नेकपा एमालेबाट मिनप्रसाद गुरुङ, नेपाली कांग्रेसबाट भरत ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.धनन्जय रेग्मी, नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरे, नेशनल रिपब्लिकबाट अर्जुनकुमार गुरुङ, राप्रपाबाट हुकुमबहादुर राना, मंगोल नेशनल अर्गनाईजेसनबाट यामबहादुर गुरुङ, उज्यालो नेपालबाट रविन्द्र नेपाली, नेकपा माओवादीबाट सोमबहादुर परियार र प्रलोपाबाट रनबहादुर विश्वकर्मा रहनुभएको छ भने अशोक विष्ट र मनोज नेपालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।  

यस्तै क्षेत्र नं. २ मा ४ जना स्वतन्त्र सहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट खिमबहादुर थापा, नेपाली कांग्रेसबाट भागवतप्रकाश मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट झविलाल डुम्रे, नेपाली कम्युनिष्ट पार्टीबाट पदमबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन पाठक, राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रे, जनमुक्ति पार्टीबाट हरिदेव थापा, प्रगतिशिल लोकतान्त्रीक पार्टीबाट टिकाराम रेग्मी, मङगोल नेशनल अर्गनाईजेशन पार्टीबाट खर्कबहादुर थापा, जय मात्रीभुमि पार्टीबाट धनबहादुर थापा, नेशनल रिपब्लिक नेपालबाट नेजबहादुर थापा र स्वतन्त्रमा दिलिप श्रेष्ठ, खिमबहादुर थापाक्षेत्री, घनश्याम पाण्डेय र साग थापा मगर गरी ११ जना राजनीतिक पार्टी र ४ जना स्वतन्त्र गरी १५ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् ।

उम्मेदवारको मनोनयन दर्ताका लागि राजनीतिक दलहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले फरक–फरक समय निर्धारण गरेको थियाे । सोहि समय अनुसार दलहरुले आफ्ना उम्मेदवारको दर्ता गराएका हुनु ।

स्याङ्जामा १९९ मतदानस्थलमा ३२२ मतदान केन्द्र रहेका छन् । गत निर्वाचनको तुलनामा यसपटक मतदान केन्द्र सङ्ख्या दुई वटाले बढेको हो । जिल्ला कारगार स्याङ्जामा भने एक अस्थायी मतदान स्थल रहेको छ । स्याङ्जामा १ लाख २२ हजार ४६४ पुरुष, १ लाख २६ हजार ३५१ महिला र अन्य समूहका एक जना गरी २ लाख ४८ हजार ८१६ मतदाता रहेका छन् ।

मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरुद्धमा उजुरी दिने अवधि बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ भने सोही दिन दिनको ३ बजेदेखि बिहीबार ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी आयोगले निर्णय गरी साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । शुक्रबार नै दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । उम्मेदवारले चुनाव चिह्न पाएपछि पनि आचारसंहिताअनुसार प्रचारप्रसार प्रारम्भ गर्नका लागि करिब तीन साता पर्खनुपर्नेछ । ३ देखि १८ फागुनसम्म १५ दिन उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् ।

उम्मेदवारले सभा, जुलुस, सञ्चारमाध्यमबाट प्रचारप्रसार, चुनावी सामग्री प्रकाशन वा प्रसारण तथा घरदैलो कार्यक्रम गर्न पाउनेछन् । २१ फागुनको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताले मतदान गर्न पाउँने छन् ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal