अवैध ओसार पसार नियन्त्रण तथा बरामद
वालिङ, १४ पुस–स्याङ्जामा भएका अवैध ओसार पसारलाई प्रहरीले नियन्त्रण तथा बरामद गरेको छ । अवैधरुपमा नदिजन्य सामान ओसार पसार तथा सूर्तीजन्य पदार्थको विभिन्न मितिमा नियन्त्रण तथा बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
यसैबीच वालिङ नगरपालिका ८ नम्वर वडाको मालपोत चोकमा बिना बिलको सूर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ । यही पुस १३ गते विहानको समयमा सुपरपावर चक्का लेखिएको ८ बोरा र केही खुल्ला सामान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । जसमा प्रतिबोरा ५० प्याकेटमा ४ सय पोका र खुल्ला २ पोका ३६ थान बरामद गरिएको हो । बरामद गरिएको सूर्तीजन्य पदार्थको १२ लाख ९२ हजार १ सय १७ रुपैयाँ बराबरको मूल्य अन्दाज गरिएको छ । प्रदेश ३–०१०२३ च ८७५२ नम्वरको इको सुजुकि भ्यानबाट उक्त सामान बरामद गरिएको हो ।
यसैगरी पुतलीबजार नगरपालिका दुई स्थान बाट नदिजन्य सामान नियन्त्रणमा लिइएको छ । यही पुस १२ र १३ गते यी दुवै स्थानबाट नदिजन्य सामान नियन्त्रणमा लिइएको हो । ग १ त ६८६४ र ग १ त ४१४४ नम्वरको ट्रेक्टरले आँधीखोलाको गैह्री डाँडा भन्ने ठाउँमा बालुवा र बालुवा गिटी मिक्स ओसार पसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । यस्तै पुतलीबजारकै १४ नम्वर वडामा पर्ने आँधीखोलाको लामागे क्षेत्रबाट यही पुस १३ गते ग १ त १७७४ नम्वरको ट्रेक्टरले बालुवा र बालुवा गिटी मिक्स ओसार पसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको छ । ट्रेक्टर र नदिजन्य सामान नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कार्यवाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















