नवौं वालिङ महोत्सव माघ १४ देखि २५ सम्म
वालिङ,१४ पुस- आउँदो माघ महिनामा नवौं वालिङ महोत्सव हुने भएको छ । आजको ठीक १ महिनापछि माघको १४ देखि २५ गतेसम्म “नवौं वालिङ महोत्सव–२०८२” सञ्चालन गरिने आयोजक वालिङ उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन मार्फत औपचारिक जानकारी दिएको हो ।

“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मूल नारासहित २०६३ सालदेखि सुरु गरेको वाणिज्य सँघले नवौं संस्करणको महोत्सव गर्ने भएको हो ।
यस वर्ष विगतका वर्ष भन्दा अझ परिस्कृत र प्रभावकारीरुपमा “गण्डकी प्रदेश स्तरीय प्रादेशिक, औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेलाकोरुपमा नवौं वालिङ महोत्सव–२०८२” को आयोजना गर्न लागिएको सँघले जनाएको छ ।

पत्रकार सम्मेलनमा वालिङ उद्याेग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं नवाैं वालिङ महाेत्सवका निर्देशक शाेभाकान्त पाैडेलले वालिङ उद्याेग वाणिज्य संघलेे वालिङकाे समग्र विकासकाे लागि महत्वपूर्ण भूमिका खेल्दै आएकाे बताउदै नवाैं वालिङ महाेत्सव यश अघिका महाेत्सव भन्दा विशेष हुने बताउनुभयाे।
यसै गरि वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महाेत्सव आयाेजक मूल समाराेह समितिका संयाेजक चेतनारायण श्रेष्ठले वालिङ महाेत्सवले आफ्नाे छुट्टै पहिचान बनाउन सफल भएकाे बताउदै माघ १४ देखि २५ सम्म संचालन हुने नवाैं महाेत्सवलाई सफल बनाउन सम्पूर्ण पत्रकारहरुलाई आग्रह गर्नुभयाे।

व्यवसायिक चेतना अभिवृद्धि गर्ने, स्थानीय वस्तु तथा सेवाहरुको प्रवद्र्धन गर्ने, उत्पादक र उपभोक्ताहरु बीचको सम्बन्ध अभिवृद्धि गर्ने, हस्तकला व्यवसायको खोजी तथा प्रवद्र्धन गर्ने, लोक संस्कृतिको जगेर्ना गर्ने, सूचना प्रविधिको प्रवद्र्धन गर्ने र समग्रमा यस क्षेत्रको स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेलगायत महोत्सवको उद्देश्य रहेको छ ।
यस क्षेत्रलाई पर्यटकीय दृष्टिकोणबाट आम नागरिकहरुमा प्रचार प्रसार गर्ने र पर्यटकीय क्षेत्रकोरुपमा सम्वद्र्धन, प्रवद्र्धन र विकासमा सेचतना जगाउने महोत्सवको लक्ष्य रहेको छ । यसैगरी औद्योगिक उत्पादन, स्थानीय घरेलु कुटिर तथा कृषि, वनजन्य उत्पादनको बजार प्रवद्र्धन, गुणस्तरीय उत्पादन बढाउनुका साथै स्थानीय उत्पादनको राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउनेलगायतका लक्ष्यकसहित नवौं संस्करणको महोत्सव सञ्चालन गरिने छ ।
महोत्सवमा १० करोड भन्दा बढीको कारोवार गर्ने र ३ लाख भन्दा बढी दर्शक, व्यवसायी तथा लगानीकर्ता भित्र्याउने आयोजकको अल्पकालिन लक्ष्य छ ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोकदोहोरीगीत प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति, कृषि मेला तथा पशुपंछि प्रदर्शनी, अर्गानिक कफि प्रदर्शनी, पशुपंछि सम्बन्धी उन्नत जात तथा प्रविधिको प्रदर्शनी, अगुवा कृषक तथा कृषि विशेषज्ञबीच अन्तरक्रिया, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, खेलकुद, बाल उद्यान, अटोमोवाइल्स, पर्यटन मेला, हस्तकला प्रदर्शनी, व्यापारिक स्टल, फ्रि वाइफाई, सुरक्षा व्यवस्था र बीमाको व्यवस्था गरिने छ ।

महोत्सवमा साधारण टिकट रु.१ सय र विद्यार्थीका लागि रु.७० लाग्ने छ । साँझ लाइभ कन्सर्ट हुनेछ भने यो समयका लागि टीकट रु.२ सय ५० तय गरिएको छ । यसैगरी सँघका सदस्य, तिनका परिवार तथा सर्वसाधारणका लागि रु.५ सयमा स्थायी पासको व्यवस्था गरिने छ । सँघमा नविकरण भएका व्यवसायीहरुका लागि भने निःशुल्क पास उपलव्ध गराइने आयोजकले जनाएको छ । महोत्सव वालिङ ८ मा रहेको खेलमैदानमा हुनेछ भने कार्यक्रम दैनिक विहान १० बजेदेखि साँझसम्म हुनेछ । साँझः ७ः३० देखि १० बजेसम्म दैनिक लाइभ कन्सर्ट हुने छ । महोत्सवको संरक्षकमा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौ र वालिङ नगरपालिका रहेको छ । यसैगरी मुख्य सहयोगीमा गण्डकी प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासँघ गण्डकी प्रदेश, नेपाल सरकार घरेलु तथा साना उद्योग विकास कोष र जिल्ला समन्वय समिति स्याङ्जा रहेको छ । प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
महोत्सवमा कूल १ करोड ६८ लाख आम्दानी हुँदा १ करोड १४ लाख ५१ हजार खर्च हुने र रु. ५३ लाख ४९ हजार बचत गर्ने आयोजकको अनुमानित आम्दानी खर्च रहेको छ ।
ताजा
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३० गते, मंगलवार
मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस
२०८३ असार २९ गते, सोमबार
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार





















