निःशुल्क स्वास्थ्य शिविरमा ६३१ जनाले लिए सेवा

अर्जुन काफ्लेस्याङ्जा

स्याङ्जा,६ पुस- अर्जुन चौपारी गाउँपालिका र खुमा अर्याल फाउन्डेसनले वडा नं१ मा गरेको बृहत निःशुल्क स्वास्थ्य शिविरमा ६३१ जनाले विशेषज्ञसहितको सेवा लिएका छन् ।

शिविरमा महिलाको पाठेघरको क्यान्सर परीक्षण, भिडियो एक्स–रे, मुटुको इको र ईसीजी, प्रयोगशाला सेवा लगायतका सुविधा उपलब्ध रहेको थियो भने उपचार गरेका र समस्या भएका बिरामीलाई निःशुल्क औषधी समेत उपलब्ध गराइएको फाउण्डेशनका सचिव धु्रव शर्माले जानकारी दिनुभयो ।

गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा गरिएको शिविरमा मुटु रोगको ५२, बालरोग ३४, छाला रोग १०८, जनरल मेडिसीन ४६०, दन्त रोग ३६, रेडियोलोजी सेवा १२९, स्त्री तथा प्रसुतीरोग ४५, हाड जोर्नी तथा नसारोग ८५ र नाक, कान घाटी तथा आँखा रोगको दुई सय जनाले सेवा लिएका हुन् ।

उपचारका क्रममा विभिन्न रोगमा जटिल समस्या देखिएका १२० बिरामीलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ भने रिफर गरिएका बिरामीले औषधीमा पाँच प्रतिशत र उपचार सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिनुभयो ।

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले गाउँमै विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा दिँदा नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको बताउनुभयो ।

फाउन्डेसनका संस्थापक खुमाप्रसाद अर्यालले गाउँ क्षेत्रका नागरिकलाई लक्षित गर्दै उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न यस्ता स्वास्थ्य सेवा अभियान निरन्तर सञ्चालन हुँदै आएको तिवारीले बताउनुभयो ।

अर्जुन चौपारी गाउँपालिका-३ का ७७ वर्षीय दयाराम शर्माले काठमाडौँ पुगेर गर्ने मुटुको उपचार गाउँमै गर्न पाएको र गाउँमै निःशुल्क उपचार पाउदाँ खर्च र समय बचेको बताउदै शर्माले जानकारी दिनुभयो । यस्तै वडा नं-६ का ७५ बर्षीय छविलाल देवकोटाले ईसीजी सेवा गाउँमै पाएको र यस्तै शिविर बेला बेलामा गर्नुभयो ।

उहाँले गाउँमै उपचार सेवा समयमै रोग पत्ता लागेको र अस्पताल धाउनुपर्ने झन्झट नहुँदा धेरै सहज भएको बताउनुभयो । निःशुल्क शिविरमा अर्जुन चौपारी सहित पुतलीबजार नगरपालिका-१३, भीरकोट-७ र पर्वतको महाशीलाका बिरामीले सेवा लिएका हुन् ।

शिविरमा मुटु रोग विशेषज्ञ चन्द्र बहादुर पुनको नेतृत्वमा नौ जना विशेषज्ञ चिकित्सक, १५ जना अन्य चिकित्सक, १० जना प्राविधिकसहिटको टोली गण्डकी मेडिकल कलेज र गाउँपालिकाका २१ जना स्वास्थ्यकर्मी गरेर ५५ जनाको टोलीले सेवा दिएको हो । 

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal