मानिसलाई देवता र धर्तीलाई स्वर्ग बनाउने महाअधियान उत्तरवाहिनी धर्मोत्सव

मानवको शरिरमा भएको सारा शक्ति सञ्चीत भएर नाभिमा बसे जस्तै श्रीकृष्ण गण्डकी(कालीगण्डकी) को सम्पूर्ण शक्ति नाभिस्थानमा छ भन्ने शास्त्रीय प्रमाण एवं सैद्घान्तिक नीतिहरुबाट प्रष्ट भएकोले त्यही कुरालाई मध्यनजर राख्दै उत्तरवाहिनीमा एक महिने दामोदर धर्मोत्सव।

हिमलाल पराजुली
वालिङ,१४ कात्तिक– स्याङ्याजाको मालुङ्गा र पाल्पाको असेर्दीको संगम स्थल उत्तरवाहिनीमा “उत्तरवाहिनी दामोदर धर्मोत्सव २०८२” सञ्चालन भइरहेको छ ।

जहाँ देशविदेशबाट समेत धर्मगुरुहको आउने–जाने क्रम चलिरहेकोे छ । दामोदर मासको अवसर पारेर विश्वमा एक मात्र शालग्राम पाहिने कालीगण्डकी नदी (कृष्ण गण्डकी) किनारमा उत्तरवाहिनी महामेला दामोदर धर्मोत्सवको आयोजना गरिएको हो ।

“संस्कृतलाई विश्भाषा, वैज्ञानीकलाई ऋषि, ऋषि लाई सन्त, मान्छेलाई देवता र धर्तीलाई स्वर्ग बनाउने महाअभियानका साथ कार्यक्रमको आयोजना गरिएको अभियानका संकल्प कर्ता एवं कालीगण्डकी ज्ञान विज्ञान प्रष्ठिानका अध्यक्ष चैतन्यकृष्णले बताउनुभयो ।

अध्यात्मको माध्यमले मानवताको संरक्षण र मानवताबाट विश्वलाई प्रेम, ज्ञान र विज्ञानको दर्शनले अनुसाशित गर्ने र नेपाललाई धार्मीक केन्द्रको रुपमा विकास गर्ने उद्देश्य रहेको चैतन्यकृष्णको भनाई रहेको छ ।  
हिन्दुहरुको आस्थाको धरोहर मानिने मुक्तिनाथ मुक्ति क्षेत्रबाट बग्दै आएकी कालीगण्डकी यस ठाउँमा करिब साढे तीन किलो मिटर उत्तर तर्फ भएर बहेकोले यस ठाउँलाई उत्तरवाहिनी नामाकरण गरिएको छ, भने विभिन्न शास्त्रमा उल्लेख भए अनुसार उत्तर तर्फ भएर बगेकी गण्डकी गण्डकीहरुमा पनि सर्वश्रेष्ठ मानिने भएकोले पनि यस क्षेत्रको महत्व बढेको छ । त्यसैले यस्तो महत्वपूर्ण ठाउँलाई विश्वभरी चिरपरिचत गराउने उद्देश्यले “उत्तरवाहिनी महामेला दामोदर धर्मोत्सवको २०८२” को आयोजना गरिएको आयोजकको भनाइ रहेको छ ।


उत्तर तर्फ फर्केर बगेको र अन्य नदीहरुमा शालग्राम नपाईने भएकोले एक मात्र भगवान् शिवको स्वरुप मानिने शालग्राम पाहिने भएकोले कालीगण्डकीलाई तीर्थहरुको पनि तीर्थ भनिएको हो । यस्ती पवित्र कालीगण्डकीमा स्नान गर्नाले पूण्य मिल्ने भएकोले मृकण्डु ऋषिले तपस्या गरेर भगवान्‌को दर्शन प्राप्त गरेको ठाउँका रुपमा समेत यस क्षेत्रलाई लिइएको छ ।
मृकण्डु ऋषिका छोरा मार्कण्डेयले तपस्या गरेर मृत्युलाई जितेको ठाउँको मृत्युदेखि परको जिवको रहस्य बुझ्‌न चाहानेहरुका लागि मृत्यु भन्दा परको विज्ञानको अनुभूती गर्न चाहाँनेहरुका लागि पनि नारद पुराण अनुसार यो ठाउँ उपयुक्त मानिन्छ ।


यसैगरी आनन्द रामायण अनुसार यस क्षेत्रमा भगवान श्रीकृष्णका १६ हजार रानीहरुले पूर्वजन्ममा तपस्या गरेर भगवान् रामको आगमन भएको र भगमान्, राम सात रात सम्म त्यही ठाउँमा बसेर तपस्या गरेर बसेका कन्याहरुलाई अर्को जन्ममा रानी बनाउँछु भनेर घर फर्काएको प्रसंग समेत पुराणमा उल्लेख गरिएको चैतन्यकृष्णले बताउनुभयो ।
धार्मीब अभियान्ता एवं प्रमुख वाचक पं नेत्रप्रसाद पराजुलीले श्रीकृष्ण गंगा (कालीगण्डकी) आफैमा शालग्राम भगवान्‌लाई गर्भगृहमा लिएकी संसारको अत्यान्त पवित्र र पावनी गंगा भएकोले तिनै गंगाको नाभिस्थान भनेर रामनदी धाम देखि केलादी धाम सम्मको स्थानलाई नाभिस्थान भनिने बताउनुभयाे।

मानवको शरिरमा भएको सारा शक्ति सञ्चीत भएर नाभिमा बसे जस्तै श्रीकृष्ण (कालीगण्डकी) को सम्पूर्ण शक्ति नाभिस्थानमा छ भन्ने शास्त्रीय प्रमाण एवं सैद्घान्तिक नीतिहरुबाट प्रष्ट भएकोले त्यही कुरालाई मध्यनजर राख्दै उत्तरवाहिनी क्षेत्रमा एक महिने दामोदर धर्मोत्सव कार्य सञ्चालन गर्दै जादा यसको प्रभाव विश्व भरका सनातनिहरु जहाँ जहाँ धर्मप्रति पञ्चाङ्ग प्रति पञ्चतत्व प्रति विश्वास गर्नेहरुको लागि शालग्राम भगवान्‌को गर्भस्थली श्रीकृष्ण गंगाको तट उत्तरवाहिनी क्षेत्रमा   सवालाख बढि शालग्रालाई एकै ठाउँमा एउटै मन्दिरमा स्थापित गरेर संसामै अहिले सम्म नबनेको भव्य मन्दिर निर्माण गर्ने उद्देश्यले उत्तरवाहिनीमा दामोदर धर्मोत्सव चलिरहेको बताउनुभयो ।

उत्तरवाहिनीमा दर्शनको लागि आउने भक्तजनहरुलाई निशुल्क रुपमा खाना एवं बास बस्ने ब्यवस्था मिलाइएको छ भने धर्मोत्सवमा आउने भक्तजनहरुलाई एकैठाउँमा सवालख बढि शालग्रामको पूजा गर्नुका साथै एक सय आठ धारामा गण्डकीको जल द्वारा स्नान गर्ने ब्यवस्था समेत गरिएको छ ।


यस क्षेत्रमा उत्तर तर्फ भएर बगेकी कालीगण्डकी रातिमा शंख बज्ने शंखे पिपल, चक्रशिला, भगवान् शिवको मूर्तीका साथै सन्धाकालीन महाआरती मुख्य आकर्षण रहेका छन् ।
देशको अहिलेको प्रतिकुल अवस्थाका बावजुत पनि भक्तजनको उत्साहाजनक उपस्थितीका साथै दानदाताहरुको उल्लेख्य सहभागिता रहेको छ ।
आसोज २१ गते देखि कालीगण्डकी ज्ञान विज्ञान प्रष्तिठानको आयोजनामा सुरुभएको उत्तरवाहिनी दामोदर धर्मोत्सव यही १९ गते सम्म सञ्चालन हुनेछ ।

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal