विजया दशमीको शुभकामना
सम्पादकीय
नेपालीहरुको महान चाड दसैँ आम नेपालीहरुले उत्साहाका साथै मनाइरहेकाछन् । उराठ बनेका गाउँबस्ती यतिबेला उत्साहले धपक्कै बलेकाछन् भने सबैमा खुसियाली छाएकोछ ।
२०८२ सालको दसैँ मनाउन देशविदेशबाट आ–आफ्नो जन्म थलोमा पुगेर एक आपसमा खुसी साटासाट गर्नुका साथै कर्मथलो र जन्म थलोका विच सामिप्यता गास्नुका साथै एक आपसमा आत्मियता साटासाट गर्ने कार्यले पनि अहिलेको नयाँ पुस्तालाई आफ्नो परम्परा र रीतिरिवाजका बारेमा जन्ने अवसर यस पर्वले सिर्जना गरेकोछ । आआफ्नो कर्मथलो छाडेर गाउँघर फर्किने क्रम तीव्र छ । सडक, बजार, सार्वजनिक यातायातका क्षेत्रमा देखिएको मानिसको बाक्लो उपस्थितिले दसैँको रौनकलाई झनै बढाएको छ।
हिन्दुधर्मालम्बीहरुको महान चाडकारुपमा लिइने यस पर्वलाई हरेक नेपालीले निकै महत्वका साथै मनाउने गर्दछन् । धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा लिइने यस पर्वलाई असत्यमाथि सत्यले विजया प्राप्त गरेको धार्मिक तथा पौराणिक मान्यता रही आएको छ ।
दसैँमा विभिन्न शक्तिपिठहरुमा देवीको पूजाँ आराधना गर्नुका साथै नवरात्रिका नौ दिन सम्म दुर्गा भगवतीको पूजाआराधना गरिन्छ । नवरात्रिका नौ दिनमा मातृ शक्तिको पूजा गरिसकेपछि दसौँ दिनको दिन (विजयादशमी) विजयोत्सवका रूपमा मनाउनुका साथै आफुभन्दा ठुला मान्यजनहरुबाट रातो टीका र जमरा लगाउनुका सार्थ आशीवाद लिने चलन छ । यश पर्वले आम नेपालीहरुमा आपसि एकता, सद्भाव, आत्मियता र एकले अर्काेलाई विश्वास गर्ने शक्ति प्राप्त हाेस।
विजयादशमीले सबैमा सुखशान्ति समृद्धिका साथै उत्तरउत्तोर प्रगती होस् । विजया दशमीको शुभकामना ।
ताजा
ट्राफिक व्यवस्थापन सहज हुने
२०८२ माघ २६ गते, सोमबार
ट्राफिक व्यवस्थापन सहज हुने
२०८२ माघ २६ गते, सोमबार
नवाैँ वालिङ महाेत्सव सम्पन्न, दस कराेड बढिकाे काराेबार र तीन लाख दर्शकले अवलाेकन गरेकाे आयाेजककाे दावी
२०८२ माघ २६ गते, सोमबार
वालिङ उद्याेग वाणिज्य संघले भन्याे अवान्छित गतिविधिमा सहभागी हुनेलाई सम्मान गरिएकाे छैन, कानूनी उपचार खाेज्छाैँ
२०८२ माघ २४ गते, शनिबार
वालिङ महाेत्सवमा बिकृकाे लागि राखिएकाे खाेले साग
२०८२ माघ २३ गते, शुक्रबार
वालिङ महाेत्सवमा दर्शककाे घुइँचाे मुख्य आकर्षण बन्दै जलपरी संगै कुँडुले घर
२०८२ माघ २३ गते, शुक्रबार
दुई सवारी सादन एक आपसमा ठाेकिदा तीन घाइते
२०८२ माघ १८ गते, आईतवार
वालिङ महोत्सवको चौथो दिन दर्शकले भरिभराउ महोत्सव स्थल
२०८२ माघ १८ गते, आईतवार
बाटाेमा हिड्दै गर्दा लडेर घाइते भएका थापाकाे उपचारका क्रममा मृत्यु
२०८२ माघ १७ गते, शनिबार
वालिङमा एउटै मञ्चमा उम्मेदवार
२०८२ माघ १६ गते, शुक्रबार





















